Comments Add Comment

अनौठो बालक, जसलाई हरेक दिन सर्पले डस्दछ

Snake-boy
तस्वीरमा तपाइँले जुन बालक देखिरहनुभएको छ, त्यो कुनै चानचुने सामान्य बालक होइन । यो यस्तो अद्भुत बालक हो, जसलाई दिनहुँ सर्पले डस्दछ ।

सुन्दैमा आङ नै जिरिंग भयो होला । तर मान्नुस् नमान्नुस् भन्ने तथा देख्नेहरुको दाबी यहीँ छ की यो बालकलाई दिनहुँ सर्पले डस्ने गर्दछ ।

भारतको मध्यप्रदेशस्थित एक गाउँको घटना हो यो । १२ वर्षको यो बालकको नाम रविन्द्र चन्द्रवंशी हो । बालकका परिवारका अनुसार उसलाई पछिल्लो केही महिनादेखि दिनहुँ सर्पले डस्दै आएको छ । सर्प कसैले पनि देख्दैन, तर जिउमा भन सर्पले डसेको खत तथा निस्केको रगत मात्र देखिन्छ । त्यस्तो खत देखिएसँगै बालकले मुखबाट फिँज काढ्छ र बेहोस हुन्छ ।

दिनहुँ सर्पले डस्ने दाबी गरिएको यो बालक साँच्चीकै आश्चर्यको केन्द्र बनिरहेको छ । डाक्टरहरु भने यो बालकलाई सर्पले डसिरहेको पत्याउन तयार छैनन् । उसको जिउका खत सर्पले डसेका नभै अन्य कुनै रोगका रहेको दाबी डाक्टरहरुको छ । तर रोग पत्ता लगाउन भने कसैले सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment