Comments Add Comment

नाकाबन्दीका बेला भारततर्फ अलैंचीको निर्यात बढ्यो

१६ मंसिर, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि नेतपालबाट भारततर्फ अलैंचीको निर्यात भने आश्चर्यजनक रुपमा बढेको छ ।

Alaichiभारतसँगको कूल व्यापार ३५ प्रतिशतले घटेका बेलला अलैंचीको निर्यात भने १ सय ६९.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब १ करोड १३ लाख रुपैयाँ बराबरको अलैंची भारततर्फ निर्यात भएको छ । गत वर्षको यसै अवधिमा ३७ करोड ४९ लाख रुपैयाँ बराबरको अलैंची भारत निर्यात भएको थियो ।

अघिल्लो वर्षको असोजको तुलनामा गत वर्षको असोजमा भने भारततर्फ निर्यात हुने अलैंची ५९.३ प्रतिशतले घटेको थियो । अलैंची उत्पादनमा वृद्धि भएपछि यसको निर्यात वृद्धिदर पनि उच्च भएको हो ।

असोज मसान्तसम्ममा भारततर्फको निर्यात ३५.९ प्रतिशत र भारतबाट हुने आयात ३५.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, यस अवधिमा भारत निर्यात भएका ४९ वस्तुहरुमध्ये फलफुल ९६ प्रतिशतले, तरकारी १७ प्रतिशतले, जीवित जनवार ५२ प्रतिशतले, अदुवा १९ प्रतिशतले, हरियो सागसब्जी १६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

भारततर्फ निर्यात हुने वस्तुहरुमध्ये असोज मसान्त्मा विष्कुटको निर्यात शत प्रतिशतले घटेको छ । अन्य सबै वस्तुहरुको निर्यात उल्लेख्य दरले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment