Comments Add Comment

बोस्टनमा भारतीय नाकाबन्दी बिरुद्ध प्रदर्शन

Bostan

विजय थापा 

वाशिंगटन डिसी । गत नोभेम्बर २९ तारिख  भारतले अघोषित रुपमा सेप्टेम्बर देखि लगाएको नाकाबन्दीको बिरुद्ध अमेरिकाको न्यु इंग्ल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले भारत तथा प्रधानमन्त्री मोदीको बिरोध प्रदर्शन गरेका छन् ।

अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको समेत ध्यानाकर्षण गराउने उदेश्यले न्यु इंग्ल्यान्ड ( कनेक्टिकट , मेन ,म्यासाचुसेट्स ,न्यु हेम्पसायर ,रोड आइर ल्याण्ड तथा भर मन्ट )मा बसोबास गर्ने नेपाली समुदाय ,संघ तथा संस्थाको सयुक्त पहलमा बोस्टनमा उक्त बिरोध कार्यक्रम सफलता पुर्वक समापन गरियो ।

भारतले गरेको अघोसित नाकाबन्दी बिरुद्ध एकत्रित भै भारत बिरुद्ध नाराबाजी गर्नुको साथै झन्डा तथा बिभिन्न नारा लेखेका सामग्री सहित प्रदर्शनमा भाग लिएका थिए ।

बिरोध प्रदर्शन कार्यक्रममा कुनै एकल संस्थाको नेतृत्व नगरी वाशिंगटन डिसीमा गरिएको प्रदर्शन जस्तै अपनाई सबै नेपाली समुदाय तथा संस्थाको सयुक्त प्रयासबाट गरिएको जानकारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रहलाद केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment