Comments Add Comment

मधेसका विद्यार्थीलाई रेडियो र टिभीबाट पढाइने

slc-exam१६ मंसिर, काठमाडौं । तराईका आठ जिल्लाका विद्यार्थीलाई रेडियो तथा टेलिभिजनबाट अध्यापन गराउने शैक्षिक जनशक्ति विकास केन्द्रले तयारी थालेको छ । तराईमा जारी आन्दोलनका कारण प्रवेशिका (एसएलसी) परीक्षा दिने विद्यार्थीको पढाइ अवरोध भएकाले शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गतको दूर शिक्षा महाशाखाले स्थानीय टेलिभिजन, एफएम रेडियो र सहयोगी पुस्तिकामार्फत प्रभावित आठ जिल्लाका विद्यार्थीलाई अध्यापन गराउने तयारी सुरु भएको छ ।

तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी र सिरहामा एसएलसी दिने ५२ हजार विद्यार्थी रहेका छन् । जारी आन्दोलनका कारण उनीहरुको कोर्ष पूरा भएको छैन भने मधेसी मोर्चाले बिहानी शत्रका कक्षा सञ्चालन हुन दिने निर्णय गरेपनि अध्यापनका लागि कम समय भएकाले विद्यार्थी मारमा परेका छन् ।

सो क्षेत्रका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयमा २५/२५ मीनेटको सामग्री प्रसारण गर्ने तयारी गरेको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment