Comments Add Comment

नृपेशको ‘आहान’ बजारमा, अन्जुदेखि प्रमोदको स्वर

aahana-bimochan
गीतकार नृपेश उप्रेतीको एकल रचना र संगीतकार अर्जुन पोखरेलको एकल संगीतमा तयार भएको गीतिसंग्रह ‘आहान’ सार्वजनिक भएको छ । गीतकार एवं चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा गीतिसंग्रह ‘आहान’ सार्वजनिक गरिएको हो ।

पत्रकारिता गर्दागर्दै १४ वर्ष अगाडि विदेशिएका गीतकार नृपेश उप्रेतीले समकक्षी पत्रकारहरुसमक्ष आफू नयाँ सोचाइका साथ अघि आएको बताए । पत्रकारिता गर्दा गर्दै केही सपना बोकेर विदेशिएका गीतकार उप्रेतीले सपना पूरा गर्दै जाँदा आफूलाई बचाइराख्ने भनेकै सिर्जना रहेछ भनेर गीतिसंग्रह लिएर आएको बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, कलाकार सरिता लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले नृपेशको पत्रकारिता र गीतकार बनेर आएको सन्दर्भलाई औंल्याउँदै शुभकामना दिएका थिए । त्यस्तै गीतकार एवं संचारकर्मी रमेश पौडेलले उप्रेतीका मुक्तकका लाइनसँगै आफ्नो समिक्षा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी यादव खरेलले ‘आहान’ एल्बमको शुभकामना दिँदै राम्रो गीतकारका रुपमा नृपेशलाई पाएको बताए । कार्यक्रममा एल्बममा समावेश ‘जुनी जुनी’ र ‘आफ्नै जिन्दगी’ बोलको गीतको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । एल्बम बिक्रीबाट उठेको रकम चितवनको चेपाङ बस्तीका बालबालिकाको शिक्षादिक्षामा लगानी गरिने गीतकार उप्रेतीले जानकारी दिए ।

एल्बममा ९ वटा गीत समावेश छन् । ‘जुनी जुनी, आफ्नै जिन्दगी, बढ्छ व्यथा, आउ प्रिय, नगर्नु माफ कहिल्यै, जिन्दगीको प्राप्ती तिमी, लुटेर जाने’ बोलका गीत समावेश छन् । एल्बममा अन्जु पन्त, शर्मिला बर्देवा, शिव परियार, प्रमोद खरेल, हिमाल सागर, राज सिग्देल लगायतका गायक गायिकाको स्वर  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment