Comments Add Comment

अवैधानिकलाई घर पठाउने जिम्मा दिन एनआरएनको प्रस्ताव

रामचन्द्र नेपाल
क्वालालम्पुर । अवैधानिक नेपालीहरुलाई घर पठाइदिने वहानामा ठगिका घटना वढिरहेको अवस्थामा गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले अवैधानिक नेपालीलाई घर फिर्ता पठाउने जिम्मा संघलाई दिन प्रस्ताव गरेको छ ।

nrna_logo_latest-6 (1)मलेसियामा रहेका नेपाली ब्यवसायी समाज, नेपाल आदिवासी जनजाती महासंघ, नेपाली कांग्रेस जनसम्पर्क समिति, प्रवासि नेपाली मञ्च, नेपाली जनप्रगतिशिल मन्च र नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय संघको समर्थनमा संघले मंगलवार नेपाली राजदुतावास समक्ष यस्तो प्रस्ताव राखेको हो ।

‘घर पठाउने क्रममा धेरै नेपालीहरु ठगिएका गुनासो आएका छन्, त्यसलाई रोक्नको लागि हामीले दुतावाससँग प्रस्ताव गरेका हौँ’-मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमान सिंह वस्न्यातलाई प्रस्ताव वुझाएपछि एनआरएन मलेसियाका अध्यक्ष महेन्द्र शाहले भने । उनले थपे- ‘हामीले ब्यवस्थित किसिमले जिम्मेवारी निभाउने छौँ ।’

प्रस्तावना पत्र वुझ्दै राजदुत वस्न्यातले आफुले मलेसियाली अध्यागमन निकायहरुसँग छलफल गरी निर्णय दिने वताए ।

नेपाली दुतावास मलेसियाले मलेसियाली पूर्व अध्यागमन कर्मचारीहरुको संगठन (कोपरासी) इमिग्रेसन वहार्दसँग करीव १४ महिना अगाडि गरेको सहमति र सहकार्य केहि महिना अघि मात्रै तोडेको थियो ।

एनआरएनले गरेको प्रस्तावमा हवाई टिकट, अध्यागमनमा लाग्ने खर्च, विमा, यातायात सुविधा सवै गरी जम्मा १३२० रिंगेट शुल्क लाग्ने उल्लेख गरिएको छ । यो प्रस्ताव स्विकृत हुने हो भने अवैधानिक अवस्थामा रहेका नेपाली यात्रा अनुमतिपत्रको लागि लाग्ने खर्च १६० रिगेट गरी जम्मा १४८० रिंगेटमा घर र्फकन सक्ने छन् ।

ब्यवस्थापकीय खर्च कटाएर रहेको रकमले जेलमा रहेका नेपालीहरुलाई हरेक दुई हप्तामा पठाउने एनआरएनले प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment