Comments Add Comment

मोबाइलमै फ्री टिभी हेर्ने ‘नेट टिभी नेपाल’

नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि-मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो ।

NET-TVसो एप मार्फत प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ।

छोटो समयमा नै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरुले नै नेपालको लागी बिकास गरिएको हो । अबको समय सबै ‘इन्टरनेट बेस’ भइसक्यो त्यसैले मोबाइललाई लक्षित गरी नयाँ-नयाँ प्रडक्ट आउने क्रममा छन । जापानमा रहेको न्युआइटी भेन्चर कर्पोरेसनले नेपालका इन्टरनेट प्रदायक संस्थासंग मिलेर सेटअप बक्स मार्फत छिट्टै सेवा ल्याउदैछ, यसैको एउटा प्रडक्ट मोबाइलमा टिभी हेर्ने एप नेटटिभी हो ।

नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको सो एप आइफोन र एन्ड्रोइडमा करिब ४०हजार डाउनलोड भैसकेको छ । नेटटिभी नेपाल डाउनलोड गरी फेसबुक आइडी, पासवोर्ड प्रयोग गरी फ्रीमै सजिलै हेर्न सकिनेछ ।

नेपाली प्रबिधिको क्षेत्रमा यो टिभी प्लेट फर्मले छलांग मार्ने कम्पनीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment