Comments Add Comment

लस्कर लागेर भारतीय दूतावास धाउनु लाजमर्दोः माधव नेपाल

Madhav-Nepal

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले आन्तरिक समस्याका विषयमा छलफलका लागि मधेसी नेताहरु भारतीय दूतावास धाउनु लाजमर्दो भएको बताएका छन् ।

नेपाल राजनीतिशास्त्री समाजले शनिबार काठमाडौंमा गरेको अन्तक्रिर्यामा पूर्व प्रधानमन्त्री नेपालले मुलुकको आन्तरिक समस्याका बारेमा भारतीय दूतावास धाउनु र लस्करै दिल्ली जान खोज्नु अपाच्य भएको बताए ।

‘दूताबासमा धाउने, दिनमा चार चार चोटी पुग्ने, आठौं चोटी पुग्दा बल्ल एम्बुसमा परियो भन्ने कुरा रोक्नुपर्छ’ उनले भने-‘लाज मर्दो कुरा के भने लाइन लागेर जाने काम देशभक्ति र स्वाभिमानी मान्छेले गर्दैन ।’

एमाले विदेश विभाग प्रमुख समेतका नेता नेपालले मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएका बताए । भारतले दल र दलका नेताको नामै किटेर छलफलका लागि आमन्त्रण गर्नु भारतकै हित विपरित उनले बताए ।

नेपालसँगको सम्बन्धलाई ध्यान नदिइ दल र दल विशेषका नेतासँगको सम्बन्धलाई महत्व दिए भारतले ठूलो नोक्सानी व्यहोर्नुपर्ने उनको चेतावनी छ ।

एमाले नेता नेपालले नेपालले सरकारप्रति समेत असन्तुष्टि जनाए । कूटनीतिक पहल फितलो भएका कारण नाकाबन्दी लम्बिएको भन्दै उनले नाकाबन्दीको विरोधमा आ-आफ्नो तहबाट कुरा उठाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment