Comments Add Comment

अमेरिकामा देखाइयो ‘को आफ्नो’, रेड कार्पेटमा ऋचाको यस्तो पहिरन

ko-aafno-premierचलचित्र ‘को आफ्नो’को अमेरिकाको वेभर्ली हिल्समा भब्य प्रमियर गरिएको छ । बेभर्ली हिल्सको आर्या थिएटरमा आयोजित कार्यक्रममा नायिका ऋचा शर्मा, कलाकार सुसान्तक मैनाली, सुभाष थापा लगायतका कलाकारको उपस्थिती थियो ।

अनिल थापाको निर्देशन रहेको यो चलचित्रको प्रदर्शन नेपालमा भने टुंगो छैन । नेपालको पश्चिम पहाडको जनजिवनमा आधारित यस चलचित्रमा ऋचाले एउटी अधबैंसे गाउँले महिलाको चरित्र निर्वाह गरेकी छिन् ।
वच्चा हराएपछि परिवारमा आईपर्ने संकट चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा मेनुका प्रधान, राजन खतिवडा, शान्ती गिरी, सुदाम सिके, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।richa-sharma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment