Comments Add Comment

नयाँ नेपाली फिल्म अब अनलाइनमै हेर्न मिल्ने

hamro-movie
काठमाण्डौँ । नेपाली चलचित्रका थुप्रै पारखीहरु अहिले विदेशी भूमीमा छन् । इन्टरनेटको पहुँचमा रहेपनि उनीहरुलाई नयाँ फिल्म हेर्ने मौका हत्तपत्त जुर्दैन ।

रिलिज भएको महिनौँ पछि युट्युबमा अपलोड हुने फिल्म हेरेर रमाउनु पर्ने उनीहरुको बाध्यता छ । नयाँ फिल्म हेर्नका लागि उनीहरु निश्चित रकम खर्च गर्न तयार भए पनि नेपाली फिल्म पारखीहरुले त्यो अबसर पाउन सकेका थिएनन् ।

तर, अब इन्टरनेटको पहुँचमा रहेका नेपाली चलचित्रका पारखीहरुले विश्वभरबाट निश्चित रकम तिरेर नयाँ नेपाली फिल्म हेर्न पाउने भएका छन् ।

हाइलाइट्स नेपाल र विधि प्रालिले नेपाली चलचित्रका पारखीहरुका लागि यस्तो सुविधा उपलब्ध गराएका हुन् । हाम्रो मुभि डटकम मार्फत अब नयाँ तथा पुराना नेपाली चलचित्रहरु घरमै बसेर हेर्न सकिनेछ ।

दुई सय भन्दा बढी चलचित्रहरु उपलब्ध गराएर हाम्रो मुभि डटकमलाई नेपालको पहिलो सबैभन्दा ठूलो मुभि लाईब्रेरी बनाउँदै छौं’ हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भने ।

तत्कालका लागि श्री ५ अम्बरे, नाइके, सम्बोधन, माइ प्रमीस लगायतका नयाँ चलचित्र ५ सय रुपैँया तिरेर हेर्न सकिन्छ । यस्तै हाम्रो मुभि डट कममा दर्शकको प्रतिक्रिया हेरेर नेपाली पेमेन्ट गेटवे पनि चाँडै नै थपगर्ने विधि प्रालिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए ।

अहिले पेपाल र क्रेडिट कार्डबाट रकम तिरेर फिल्म हेर्ने व्यवस्था रहे पनि अब छिट्टै यो व्यवस्थालाई अझै सहज बनाउनेे कम्पनीको योजना छ । केहि समयपछि इन्टरनेट, बिजुलीको मासीक रकम तिरे जस्तै नयाँ फिल्महरु मासिक रकम तिरेर सब्स्क्राइब गरेर हेर्ने सुविधा पनि मिलाइने सापकोटाले बताए ।

हाम्रो मुभिबाट फिल्म हेर्नका लागि वेभसाइटमा गएर फेसबुक वा गुगलबाट लग इन गर्नु पर्नेछ । यो नेपालकै पहिलो अनलाईनबाट चलचित्र हेर्ने सुविधा भएकाले दर्शकको माग र प्रतिक्रिया अनुसार हाम्रो मुभि डट कमलाई अघि बढाइने हाइलाइट्स नेपालका अध्यक्ष गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment