Comments Add Comment

नेपाल-भारत सम्वन्ध सुधार्न सुझाव

Discussion-about-Nepal-Indi

२७ मंसिर, काठमाडौं । नयाँ संविधान जारी भएपछि नेपाल-भारत सम्बन्धमा गम्भीर समस्या देखिएकाले तत्काल सुधार ल्याउन एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल-भारत अवसर तथा चुनौतीबारे राजधानीमा शनिबार आयोजित गोष्ठीमा सहभागीहरुले कुटनीतिक प्रयासबाट इन्धन संकटको समस्या समाधान गर्नुपर्ने र दुई देशबीचको सम्बन्ध सुधार्नुपर्ने सुझाव दिए ।

एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले आयोजना गरेको गोष्ठीमा प्रमुख वक्ता डा. नारद वाग्लेले नेपाल र भारतको सम्बन्धमा देखापरेको गतिरोधले गम्भिर संकेत गरेको बताए । उनले मधेसी मोर्चाको मागअनुसार झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा समावेश गरिए देशका लागि दुर्भाग्य हुने दावी समेत गरे ।

वाग्लेले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव समेत दुरगामी प्रभावको रहेको स्पष्ट पारे । उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने अभ्यास संसारमै नभएकाले नेपालको आर्थिक, भौगोलिक तथा सांस्कृतिक हिसाबले पनि त्यस्तो बिभाजन असान्दर्भीक हुने बताए ।

कार्यक्रमका अर्का वक्ता डा. निहार नायकले भारतले इन्धन, औषधि लगायतका अत्यावश्यक बस्तु आयातमा अवरोध गर्नु गम्भिर त्रुटि भएको बताए । भारतका व्यापारीले असुरक्षाका कारण नेपाल समान नपठाएको तथा रि-रुटिङमा समेत समयको पावन्दी रहेको बताए । टिकापुरको घटनासँगै सुरु भएको कडा सुरक्षा जाँचका कारण समेत आयातमा समस्या भैरहेको उनको दावी छ ।

भारतीय दूतावासका डिसिएम विनय कुमारले नेपालको संविधान ऐतिहासिक दस्तावेज भएको बताउँदै यसले शान्ति प्रक्रियालाई पुर्णता दिएको धारणा राखे । भारतले नेपालमा शान्ति र स्थायीत्व चाहेको पनि उनले स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment