Comments Add Comment

फ्रेस फेसः स्विमसुट लगाउँदा हजुरबुबासँग डर लाग्योःप्रमिला(भिडियोसहित)

Liril Fresh Face Contestant (7)

‘लिरिल फ्रेस फेस’को तेश्रो संकरण जितेपछि प्रमिला थापाको खुशीको सिमा छैन । उनी आफूलाई उत्कृष्ट ५ भित्र आउनु नै ठूलो कुरा हो भन्ने सोच्थिन् । तर, उपाधी जितेपछि त खुशीको सिमा एकाएक उचाइमा पुगेको उनको वुझाई छ ।

निणर्ायकहरुले दिएको टिप्स र अध्ययनले आफूलाई उपाधी जिताएको उनको भनाई छ । घरमा आएर ऐना हेर्दै तयारी गरेको उनले सुनाइन् । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा रहेर कुरा गर्दै गर्दा प्रमिलाले भनिन्-‘सुन्दरता मात्र भएर यो उपाधी जितिदैन । व्यक्तित्व, मिहिनेतदेखि अध्ययनको खाँचो पर्छ ।’

बच्चादेखि नै मोडलिङमा रुची राख्ने गरेकी प्रेमिलालाई कहिले ठूली भएर टेलिभिजन र चलचित्र पर्दामा देखिनु भन्ने लाग्थ्यो । टेलिभिजनमा हिरोइनको नृत्य हेरेर उनी पनि एकसाथ नै नृत्य गर्थिन् । ब्याचुलर लेभल सकिएपछि आफू यो क्षेत्रमा आउने प्रमिलाको भनाई छ ।

आफूले उपाधी नजितेको भएपनि आफ्नो आत्मविश्वासमा कमी नआउने दाबी यी सुन्दरीको छ । यसलाई अनुभवको रुपमा लिएर अगाडि बढ्ने कोशिश गर्छु भन्छिन्, प्रमिला ।

प्रमिलालाई सानैमा सबैले हिरोइन बन्छे भन्थे । उनलाई नायिका विपना थापा, निरुता सिंह नाचेको खुबै मन पथ्र्यो । अहिले भने प्रियंका कार्की र रेखा थापा उनलाई विशेष मन पर्छ ।
parmila thapa_650
नायकहरुमा उनलाई आर्यन सिग्देल र अनमोल केसीसँग चलचित्र खेल्ने मन छ । मह जोडी उनका सधै मनपर्ने कलाकार हुन् ।  मोडलिङमा लाग्छु भन्दा परिवारले पनि उनलाई सुरुमा साथ दिएन । विशेषगरि, मोडलिङमा लाग्ने वित्तिकै छोरी विग्रन्छे, यो राम्रो स्थान होइन भन्ने उनको परिवारलाई लाग्थ्यो । तर, घरमै बसेर नकारात्मक सोच्नु भन्दा सम्बन्धित ठाउँमा पुगेर भोग्नु ठूलो कुरा हो भन्छिन्, प्रमिला ।

अहिले उनको सफलता देखेर परिवार पनि खुशी छन् । मोडलिङका बिषयमा बाहिरी दुनियाँले सोचेजस्तो नकारात्मक कुरा नभएको उनको भोगाई छ ।

सुरुमा आफूलाई आफ्नो हजुरबुबासँग डर लागेको उनले सुनाइन् । तर, हजुरबुबालाई संझाएपछि उहाँ पनि कन्भिन्स हुनु भएको प्रमिलाको भनाई छ । उनले भनिन्-‘समय र स्थान अनुसार पहिरन लगाउनुपर्छ । मैले सोही अनुसार पहिरन लगाएकी हुँ ।’ आफूलाई भविष्यमा राम्रो मोडल र चर्चित महिला उद्यमी बन्ने चाहना भएको यी सुन्दरीले खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment