Comments Add Comment

गौरमा विद्यार्थीको मृत्युले माधव नेपाल स्तब्ध

६ पुस, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेसी मोर्चाले आन्दोलनमा बालवालिका प्रयोग गरेको भन्दै मानवीय क्षति हुन नदिन संयम अपनाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

Madhav Nepalरौतहटको गौरमा आइतबार १० कक्षामा पढ्ने एक किशोरको मृत्यु भएको भन्दै नेपालले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।

नेपाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । नेपालले सोमबार विज्ञप्ति जारी गरी भनेका छन्-आन्दोलनमा बालबालिकाको प्रयोग गर्ने र विद्यालय तहका विद्यार्थीहरुलाई लगाउने कुरालाई त झन् कदापी स्वीकार गर्न सकिँदैन ।’

विज्ञप्तिमा भनिएको छ-आन्दोलनमा आवश्यक संयमता अपनाउन, मानवअधिकारको संरक्षण गर्न, सामाजिक सद्भाव कायम गर्न र जनताको जीउधनको रक्षा गर्न आन्दोलनकारी एवम् सुरक्षा निकाय सहित राज्यका सम्पूर्ण अङ्गहरुलाई विशेष अपील गर्दछु ।’

नेपालले तरार्इ-मधेसका जनतालाई उत्पिडनबाट मुक्ति दिलाई अधिकार सम्पन्न बनाउन एमालेले सधै अगुवाई गरेको बताएका छन् । उनले कुनै पनि भड्काउमा नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकता सहित आर्थिक समृद्धिको बाटोमा हातमालो गरी अगाडि बढ्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment