Comments Add Comment

हुम्लामा आगलागी, एकै घरमा रहेका चारको मृत्यु

९ पुस, हुम्ला । हुम्लामा भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ । हुम्लाको श्रीमष्ठा एक पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको हो ।

Humlaआगलागीमा परेर कालिकोटको लालु गाविसका जया मिजार, नयाँ सुनार, मानबहादुर विक र गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् । घाइते हुनेहरुमा जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर सुनार, गोविन्द सुनार, रमेश सार्की र लोग सुनार रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन काठमाडौंबाट हेलिकोप्टर झिकाइएको र हेलिकोप्टर काठमाडौंबाट उडिसकेको छ ।

मृतकको शवलाई पनि आजै कालिकोट पठाउने तयारी भइरहेको छ ।

बाटो खन्न कालीकोटबाट आएका कामदारले श्रीमष्ठा एकमा बनाएको खरको सानो झुप्रोमा राति एक्कासी आगो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment