शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

मिसकलले गर्‍यो कौशिलाको जिन्दगीमा यस्तो छल (भिडियोसहित)

९ पुस, काठमाडौं । मोबाइल फोनमा आउने एउटा मिसकलको मूल्य कति होला ? यो वाहियात प्रश्नको जवाफ दिन उपस्थित भएकी छन् १७ वर्षीया कौशिला तामाङ । हो, यो प्रश्न धेरैका लागि वाहियात नै लाग्छ, किनकी मिसकल गर्दा पैसा लाग्दैन । त्यसैले मिसकलको मूल्य धेरैका लागि नहुन सक्छ । तर, कौशिलाको जीवनमा एउटै मिसकलले कहिल्यै कसैले तिर्न नसक्ने क्षति गराइदियो ।

अनलाइनखबर

Kausila 650

मात्रिका पौडेल
९ पुस, काठमाडौं । मोबाइल फोनमा आउने एउटा मिसकलको मूल्य कति होला ? यो वाहियात प्रश्नको जवाफ दिन उपस्थित भएकी छन् १७ वर्षीया कौशिला तामाङ ।

हो, यो प्रश्न धेरैका लागि वाहियात नै लाग्छ, किनकी मिसकल गर्दा पैसा लाग्दैन । त्यसैले मिसकलको मूल्य धेरैका लागि नहुन सक्छ । तर, कौशिलाको जीवनमा एउटै मिसकलले कहिल्यै कसैले तिर्न नसक्ने क्षति गराइदियो ।

सायद मिसकलले आफ्नै जिन्दगीमा यति ठूलो छल गर्छ भन्ने सोच्न सकेकी भए उनी दिल्लीको कोठीमा पुग्नुअघिनै उम्किन सक्थिन् । तर, धोकामा गाँसिएको विश्वासको डोरोले बाँधिएका बेला उनले अरु सोच्न सकिनन् ।

नुवाकोटको एक गाउँकी कौशिला तामाङ (नाम परिर्वन)ले गाउँकै युवकले साह्रै मन पराएपछि घरको सहमतिमै बिहे गरिन् । विहे लगत्तै श्रीमान काठमाडौं जागिर खान हिँडे । १६ वर्षे जोबनले कौशिलालाई अनियन्त्रित बनायो ।

मिसकलले मोड्यो जीवन

हातमा मोबाइल थियो, मनमा चन्चलता अनि शहरको सपना । बेहुली भएर भित्रिए लगत्तै बेहुला जागिर खान हिडेपछि उनी माइती र घर गर्दै बसिरहेका बेला एक दिन उनको मोबाइलामा अपरिचित नम्बरबाट मिसकल आयो ।

मिसकलको जवाफ फर्काउनुनै उनको जीवनको नरकयात्राको शुरुवात बन्यो । मिसकल फर्काएपछि राजु लामा भन्ने व्यक्तिले साथी बन्ने प्रस्ताव राख्यो । साथी बन्न स्वीकार भएकी कौशिलाले त्यसपछि श्रीमान भन्दा बढि विश्वास उसलाई गर्न थालिन् जसलाई कहिल्यै देखेकै छैन ।

भिडियो हेर्नुहोस्

‘श्रीमान थिएनन्, एक्लै भएका बेला पटक-पटक उसले फोन गरेर साथी बन्ने प्रस्ताव राखेपछि मैले स्वीकार गरेँ’ करीव आठ-नौ महिना अघिको क्षण सम्झिँदै उनले भनिन् ।

करिव २ महिना कथित राजु लामा र उनीबीच हरेक दिन घण्टौं कुराकानी हुन थाल्यो मोबाइलमा । राजुले आफ्नो घर गोरखा भने बाहेक उसको बारेमा कौशिलालाई कुनै जानकारी छैन ।

भूकम्पले कौशिलाको घर र माइती दुवैतिर बास बस्ने ठाउँ भत्कायो । यहि मौकामा राजुले उनलाई काठमाडौंमा घुम्न आउने प्रस्ताव राख्यो ।

कौशिला घरमा काठमाडौंमा दिदीको घरमा जान्छु भनेर नुवाकोट बट्टारबाट गाडी चढि्न साउन महिनामा । उनले आफू काठमाडौं आउँदैछु भनेर भर्खरै विहे गरेका आफ्ना पतिलाई सुनाउन चाहिनन् ।

अजनबीसँग दिल्लीको बाटो

काठमाडौंमा आएर स्वयंभूमा ओर्लिनासाथ त्यहि ‘अजनबी’ राजु लामा कौशिला होइन ? भन्दै काँधमा हात राख्न आइपुग्यो । उसले कौशिलालाई भन्यो-दिल्ली घुम्न जाउँ, त्यहाँ मेरो दिदी हुनुहुन्छ, फर्किदा दिदीको छोरीसँग फर्किने ।’
एउटा अपरिचित व्यक्तिले काठमाडौं बोलाएर दिल्ली जाउँ भन्नासाथ कौशिला उसँगै दिल्ली जान राजी भइन् । ६ कक्षासम्म पढेकी कौशिलालाई केटीहरु दिल्ली लगेर बेचिन्छन् भन्ने थाहा हुँदा हुँदै पनि उनले कुनै शंका नगरी त्यो अपरिचित युवकसँग जान तयार भइन् ।

Kusila

अन्दाजी २५ वर्षे राजुले अर्की युवतीलाई पनि दिल्ली जाने गाडीको टिकट काट्यो । बाटोमा उनीहरुबीच चिनजान भएपछि ती युवतीले आफ्नो नाम शिल्पा तामाङ भनेर कौशिलालाई सुनाइन् ।

दुप्चेश्वरी जात्रा लाग्ने क्षेत्रकी शिल्पाकी आमा भूकम्पमा परेर मृत्यु भएपछि उनी भौतारिँदै हिडेका बेला राजुको फेला परेकी रहिछन् । उनीहरु दुवैलाई लिएर रक्सौल हुँदै २ दिनमा दिल्लीको एक घरमा लग्यो उसले ।

मेरी दिदी हुन् यहिँ बस्दै गर भनेर एउटी महिलाको फ्ल्याटमा जिम्मा लगाएको राजु शव्जी किनेर आउँछु भन्दै निस्कियो । त्यसपछि ऊ कहिल्यै पनि त्यहाँ फर्किएन ।

अपत्यारिलो लाग्ने यो कथा सुनाउँदै जाँदा कौशिलाको आँखाबाट आँशु झरिरहेका थिए । उनी र शिल्पालाई करिव एक महिनासम्म ती महिलाले त्यहि घरमा थुनेर राखिन् ।

यौन बजारको यात्रा

राजु लामा कहिले आउँछ भनेर उनी सोध्थिन । तर, अन्तमा ती महिलाले भनिन् अब तिमीहरु अफिसमा काम गर्न जाने हो, राजु आउँदैन । कुन् अफिस ? के काम गर्ने ? कौशिलाको प्रश्नमा ती कथित दिदीले भनिन्-जे पर्छ त्यहि गर्ने ।’

उनले जान्न घर फर्काइदेऊ भन्दा भन्दै जबर्जस्ती एक फ्ल्याटमा लगियो । जहाँ पाँच सात जना नेपाली केटीहरु हिन्दी गीतमा नाच्दै थिए । कोही चुरोटको धुँवा उडाएर उत्ताउलो पारामा बसेका थए ।

उनलाई त्यहाँ पुगेपछिमात्र थाहा भयो-मलाई यौन बजारमा बेचिएको रहेछ ।’ उनले भाग्न खोजिन्, धेरै रोइन् र चिच्याइन् । तर, उनको चिच्याहट चर्को स्वरमा बजिरहेको हिन्दी गीतको आवाजमै हरायो ।

अनलाइनखबरकर्मीसँग पहिलो दिनको घटना सुनाउँदै उनी यसरी पाखिइन्-म बेस्सरी रोएँ, तर कसैले दया देखाए । एउटी नेपाली केटी आएर यहाँ रुनुको अर्थ छैन, लौ यो नयाँ लुगा लाउ भनेर दिई । रोयौं र मानेनौं भने बलात्कार गर्छन्, बरु चूप लागेर देऊ, सकेसम्म आनन्द लेऊ यस्तै यस्तै भनेर फकाइन् ।’

उनी बेचिइ सकेकी थिइन् । उनको सामू अरु कुनै विकल्प थिएन । दिनमा चार जनासम्म ग्राहकको यौन तृष्णा मेटाउने उनको जागिर थियो । यौन सम्बद्ध सकिएपछि तीन सय रुपैयाँ ग्राहकले हातमा राखिदिन्थ्यो ।

ग्राहकले दिएको तीन सय रुपैया त्यहिँ कोठीमा काम गर्ने ‘नेपाली दाइ’लाई दिनुपथ्र्यो । कण्डम बिना ग्राहकसँग यौन सम्बद्ध राख्न मनाही थियो ।

त्यो ग्राहक, जसले लुगा खोलेन

कोठीको नारकीय यात्रा शुरु भएको करिव दुई महिना भएको थियो । एक एकजना नेपाली ग्राहक उनी समक्ष आयो । कौशिलाले नियमित ग्राहक सम्झेर उसलाई भित्र कोठामा लिएर गइन् ।

त्यो नेपाली ग्राहकले उनको लुगा खोलेन । उनको शरीरमा हात समेत लाएन । बरु उसले भन्यो-म नेपाली हुँ, तिमी सधैं रोए जस्तो देखिन्छ्यौ । यहाँबाट भाग्न चाहान्छौं भने म पुलिस लिएर आउँछु ।’

कौशिलाको लागि भगवान बनेर आएका तीनै युवकले प्रहरी पठाइदिए त्यो दिल्लीकेा कोठीमा । रैथाने बनिसकेका नेपाली केटीहरु त्यहिँको त्यहिँ गायब भए प्रहरी आउँदा ।

कौशिला र दुई वंगाली युवतीको त्यहाँबाट उद्दार भयो । कौशिलासँगै कथित राजु लामाले बेचेकी शिल्पा भने कोठीबाट फर्किन मानिन् । ‘त्यहाँ पुगेपछि कतिपय केटीहरु फर्किन मान्दा रहेनछन्’ उनले भनिन् ।Kausila1

करीव एक महिना दिल्लीस्थित निर्मल नारी निकेतन भन्ने संस्थाको संरक्षणमा रहेकी कौशिला अहिले काठमाडौंमा शक्ति समूहको सुरक्षित आवासमा छिन् । उनलाई मनोसामाजिक परामर्श दिएर राखिएको छ ।

जिन्दगीको नयाँ बाटो

कौशिला अब आफ्नो त्यो दुई महिने कोठी जिन्दगीलाई जीवनको तीतो भूल सम्झेर नयाँ जीवन अघि बढाउन खोज्दैछिन् । उनलाई दिदीले सँगै काम गरौंला भन्ने आश्वासन दिएकी छन् ।

अनि पति ? सम्भवतः अब उनी बैबाहिक जीवनलाई निरन्तरता दिने छैनन् । ‘म आफैं अब उसँग जान्न, मेरो कारणले उसलाई पनि समाजमा नराम्रो हुन्छ, मेरो कुरा सबैलाई थाहा भइसकेको छ’ उनले भनिन् ।

दलालले जालमा पारेर बम्बै पुर्‍याउछन् भन्ने उनले नसुनेकी होइनन् । भन्छिन्-फकाएर बम्बै लैजान्छन् भन्ने थाहा थियो । तर, मैले त्यो मान्छेलाई यति धेरै विश्वास गरेँ, आफ्नो श्रीमान भन्दा उसको भरोसा थियो । मेरो आग्रह छ अरु चेलीहरुलाई, कसैको पनि भरोसा नगर्नु,मिस कल गर्नेसँग त झनै भर नपर्नू ।’

को थियो राजु लामा ?

राजु लामाले बेचेका कौशिला र शिल्पा त बाहिर आएका पात्र मात्रै हुन् । नजाने त्यो अपरिचित दलालले अहिले पनि यस्तै कौशिलाहरुलाई मिसकलको सहाराले छल गरिरहेको होला ।

कौशिलासँग राजुको मोबाइल नम्बर पनि छैन अहिले । उनको मोबाइल दिल्लीमै खोसिएकाले कुनै नम्बर पत्ता लाउन नसकिएको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइराला बताउछन् ।

बेचबिखनको दलालले आफ्नो नाम र ठेगाना जुन कौशिलालाई बतायो, त्यो सही होइन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । तर, उसलाई देखे चिन्ने बाहेक कौशिलासँग उसको कुनै सम्पर्क सूत्र छैन ।

मानव बेचबिखनका दलालहरुले गाउँबाट ल्याएका चेलीलाई सबैभन्दा पहिले आफ्नो शिकार बनाउथे । तर, कौशिलाका अनुसार राजु लामाले उनीसँग शारिरीक सम्बन्धको प्रयास नै गरेन ।

‘उसले विहे गरौं भनेको थियो, तर मैले विहे गरिसकेकी छु साथीमात्रै बनौं भनेँ त्यसपछि उसले केही गरेन’ कौशिलाले भनिन् । शिल्पासँग पनि उसले त्यस्तो सम्बन्ध राखेको आफूले थाहा नपाएको उनले बताइन् ।

चुनौति थपियो

नेपालबाट चेलिबेटी बेचिबखनको परम्परागत शैली फेरिएको चर्चा भइरहेका बेला कौशिला र शिल्पाको बेचबिखनको घटना लगभग २० वर्ष पूरानो शैलीको देखिएको छ ।

यसले गर्दा आज पनि मानव बेचबिखनका दलालहरु गाउँ-गाउँमा क्रियाशील रहेको पुष्टि हुने शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार बताउँछिन् । दनुवारले भनिन्-यो घटनाले हामीलाई चुनौति थपेको छ । बेचबिखन विरुद्ध सरकारी र गैर सरकारी क्षेत्रबाट गाउँ गाउँमा यति ठूलो अभियान चलाइँदा समेत कौशिला जस्ता किशोरीहरु एउटा अपरिचित व्यक्तिको भरमा दिल्ली पुग्नुले हाम्रो प्रयासमाथि चुनौति थपेको छ ।’

कौशिलाले बोकेको मोबाइल नम्बर उनकी दिदीको नामको सिमकार्ड हो । यदि प्रहरीले अभियुक्त राजु लामालाई पत्ता लगाउन चाहने हो भने त्यो नम्बरबाट कल डिटेल्स निकालेर अनुसन्धान अघि बढाउन सक्छ ।

कौशिला र शिल्पाको घटनाले के देखाएको छ भने-नुवाकोट सिन्धुपाल्चोक लगायतका जिल्लाका गाउँ गाउँबाट अहिले पनि किशोरीहरुको बेचिबिखन निर्बाध चलिरहेको छ । शैली मात्र फरक छन् ।’

२०७२ पुष ९ गते २०:२० मा प्रकाशित (२०७२ पुष १० गते १०:०७मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
११ प्रतिकृयाहरू प्राप्त
  • Bharat,jhapa लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते ११:०८

    नेपाली चेलीहरुको अन्धोपन र चेतनाको बिर्को खोलिनैपर्छ सचेत भएर पनि जानाजान यसरी फस्छन तर नेपालीको नाममा कलङक बनेका राजु लामा जस्ता मान्छेहरुलाई समाएर आजीवन चिसो छिडिमा जाक्नैपर्छ धरौटी वा माफि अनी कसैको दबाबमा छोडन नपाईने कानुनी व्यवस्था हुनुपर्छ ।

    0
    0
    Share

  • SANU लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते ११:४५

    Bharat Jee kura sahi ho tyo pani garna parchha. ani aafno husband huda hudai usali thaha nadikana parapurush sanga yasari hidne lai pani yo sajay kam nai ho sara jeevan tyahi kothi ma bitaunu parne haina ra?

    yadhyapi mero meaning cheli bikri garnu sahi bhanne haina tara yo ta keti pani sahi haina ni.

    0
    0
    Share

  • sanu लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते १२:१३

    त्यो राजु लामा भन्ने को मोबाइल नम्बर थाहा पाउन कौशिला को नम्बर मा कसले फोन गर्यो भनेर पत्ता लगाउन सकिन्छ. कौशिला ले आफ्नो नम्बर त थाहा होला नि

    0
    0
    Share

  • subedibaikuntha लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते १२:१५

    यस्ता दलालहरुलाई त नेपालमा पनि फाँसीको सजाय हुनुपर्छ तर आफु पनि सजग हुनु राम्रो हो ।

    0
    0
    Share

  • Avas लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते १४:३९

    Jaba samma MRITYU DANDA ko kanoon hudaina, taba samma yasta ghatana vaye rahanchhan. RAJU LAMA jasta lai mrityu danda nai hunu parchha.

    0
    0
    Share

  • bivek shah लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते १४:४०

    government nai effect xaena …..

    0
    0
    Share

  • yogi लेख्नुहुन्छ    |   २०७२ पुष ९ गते २३:५४

    यो चेलीबेटी बेचबिखन रोक्ने सबै भन्दा सजिलो उपाय भनेको … जुन जिल्ला अति प्रभावित छ ति ठाउहरुमा तेहिका १३ देखि २० बर्षका केटिहरुलाई केहि तलब दिएर जासुसको रुपमा निउक्ति दिने अनि… पक्कै पनि उनीहरु केटाहरुको सम्पर्कमा त कुनै बेला आउछ त्यो बेलामा ति केटाहरुले भने जस्तै गर्ने अनि जाने…. जब ति केटाहरुको नियत बम्बै अथवा इंडिया लाने हुन्छ… पक्कै पनि उनीहरु दलाल नै हो भन्ने प्रस्ट हुन्छ अनि प्रहरीको सहयोगमा समात्ने…. यसले यी फाइदाहरु हुन्छ १. सथानीय युबतिहरुले रोजगार पाउछ २. दलालहरु गाउ जान दराउछ किनभने कुन युवती जासुस हो भन्ने उनीहरुले थाहपाउदैन ३. महिला बेचबिखनमा ह्रास आउछ ४. दलालहरु समात्न मद्दत पुग्छ ५. स्वस्थ समाज निर्माणमा सहयोग पुग्छ|

    0
    0
    Share

  • sushil लेख्नुहुन्छ    |   २०७२ पुष १० गते ७:०९

    yiniharu ko yo natak matra ho paisa kanauna gayeki ho kehi kura namilera matra ho………..naita ytro din samma raju lama ko parichya pani janna nasakne……….teo pani gani, sabhya ra swabhimani desh ko cheli………….

    0
    0
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७२ पुष १० गते १०:५२

    Kausila ko dd lai ta tiyo number pakkai thaha chha yedi usai ko name bata issue gareko ho vane… please gayera kausila ko dd lai vetnus ani Nepal telecome lagera tiyo number patta lagayera call details pura 2/3 barsa ko nikalera investigation garnus as soon as possible, jaba samma ki aru koi pani Nepali cheli haru Raju jasto vayankar HIV ko contact maa naparun, maile yeti samma suneko xu ni jati pani Plastic surgery hunxa India maa sab Nepali cheli beti haru ko skin bata hunxa re… kati cheli haru lai ta utai marera fiyaldo rahexan, Tiyo nara pichach Raju vanne lai kausila kai haat bata fasi ko sajaya hunu parxa…! Oninekhawar, please follow up whenever you post such kind of news and let us know whats the status and what’s happening the case, then we will be more happy with you..

    0
    0
    Share

  • krishna aryal लेख्नुहुन्छ    |   २०७२ पुष १० गते १५:२३

    dalal ko ko galti hoeena nepali cheli haru nai aandho bha a ra ho

    0
    0
    Share

  • R k shrestha लेख्नुहुन्छ    |   २०७२ पुष १० गते १७:१२

    Yogi g ko Kura thick cha tyso garya kaso hola

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this