Comments Add Comment

‘बेइमान’ को नजरमा दीपकराज र दीपाश्री कस्ता ?

Rabi Dangol (1)

२५ पुस, काठमाडौं । नेपालका प्रायः सबै हास्य कलाकारसँग संगत गरेका छन् रवि डंगोल अर्थात् ‘बेइमान’ले । स्टेजबाटै अभिनय यात्रा सुरु गरेका बेइमानले सिरियल म्युजिक भिडियो हुँदै फिचर फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

रविले काम गरेका मध्ये तीतो सत्य र भूइँचालो सबैभन्दा धेरै चर्चामा आएका सिरियल हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, गोपाल नेपाल फिष्टे, पूर्ण थापालगायतका कलाकारसँग उनको विषेश सम्बन्ध छ ।

ती कलाकारको आनीबानी कस्तो लाग्दो हो उनलाई ? उनले आफुले सँगै काम गरेका कलाकारका राम्रा/नराम्रा पक्षबारे खुलेर कुरा गरे । हेरौं के भन्दा रहेछन् बेइमानले दीपकराज, दीपाश्री लगायतका कलाकारबारे:

दीपकराज डेढ प्याकभन्दा माथि गएनन्

Deepakraj-Giri
दीपकराज गिरीको कलम छुराजस्तै छ । स्क्रिप्ट र निर्देशन उहाँको एकदमै राम्रो छ । अभिनय खासै राम्रो लाग्दैन । क्यारिकेचर निकै राम्रो गर्नुहुन्छ ।

दीपकराज गिरीबाट सबैले सिक्नुपर्ने कुरा के हो भने कहिल्यै पनि डेढ प्याकभन्दा बढी पिउनु हुन्न । घाम लागोस्, पानी परोस् वा शीतल होस्, डेढप्याक भन्दा धेरै खानुहुँदैन भन्ने मान्यता छ उहाँको ।

मैले १० वर्षजति संगत गरें होला, उहाँले कहिल्यै डेढ प्याकभन्दा धेरै खानु भएन । बियर खाँदा पनि एक बोतलभन्दा धेरै खानुहुन्न ।

अहिले सुनेअनुसार दीपकजी भेज हुनुभएको छ रे । डि्रक पनि छोड्नुभयो रे ।

अर्को कुरा उहाँ आफुलाई सेलीब्रेटीका रुपमा प्रस्तुत गर्नुहुन्न असाध्यै सिम्पल टिमका कलाकारलाई एकदमै माया गर्ने ।

चिया धेरै खान्छिन् दीपाश्री
deepa-shree-niraula

सेलीब्रेटीले कसरी मेन्टन गर्नुपर्छ भन्नेहरुका लागि दीपाजी आफैंमा एउटा पाठ हो । लवाइदेखि कहाँ कसरी बोल्ने भन्नेमा समेत उहाँ निकै सिपालु हुनुहन्छ ।

अर्को कुरा, दीपाजीको म्यानेज गर्ने शैली एकदमै गज्जब छ । शुटिङ हुँदा दीपकजीलाई वास्तै हुँदैन । तर, दीपाजी हरेक कुरामा ध्यान दिनुहुन्छ । अभिनय एवं स्टेज कार्यक्रममा दीपाजीबाट सिक्न सकिने कुरा धेरै छन् ।

उहाँको नराम्रो बानी भनेको चिया असाध्यै धेरै खानुपर्ने, त्यो पनि दूध हालेको । यदि दिइरहने हो भने दीपाजीले दिनभरि चिया खाइरहनुहुन्छ ।

दीपाजीको अर्को एकदमै मनपर्ने कुरा, दीपकजी डेढ प्याकमै उठ्नुहुन्छ तर, दीपाजी ३ प्याकसम्म पुग्नुहुन्छ । मलाई पनि तीन प्याक चाहिने भएकाले दीपाजी मलाई बढी रमाइलो लाग्छ ।

सहयोगी निर्मल

nirmal-sharma
नेपालमा कोही सहयोगी कलाकार छ भने त्यो निर्मल शर्मा नै हो । तपाईले मलाई यस्तो समस्या पर्‍यो भनेर फोन गर्नुभयो भने उहाँ मोटरसाइकल चढेरै आउनुहुन्छ ।

हाँसो मजाक गर्ने युनिक बानी छ । हामी सुटिङ गरिरहेका हुन्थ्यौं, उहाँले सिरियस भएर भन्नुहुन्थ्यो ‘आज खाजामा चिकेन चिल्ली र नाङ्लोको ममः मगाएको छ ।’
तपाईलाई अरु केही मगाउनुपर्छ कि भनेर पनि सोध्नुहुन्थ्यो । सुरुमा त मैले साँच्चै होला भनेर पत्याएँ ।

कलाकारिताको विषयमा उहाँ आफै भन्नुहुन्छ ‘म कलाकार नै हैन ।’ उहाँ स्टेजमा जानेबित्तिकै काम्नुहुन्थ्यो । गाईजात्रा कार्यक्रममा मलाई नराख है भन्नुहुन्थ्यो । हामी राखिदिन्थ्यौं । हरेक गाईजात्रा कार्यक्रममा एउटै डाइलग हुन्थ्यो ।

फिष्टेले खाएपछि बोर गर्छ

Gopal-Nepal-Fiste

सार्‍है राम्रो कलाकार हो गोपाल नेपाल ‘फिष्टे’ । तर, अलिकति खाएपछि पारा अर्कै देखाइहाल्छ । कति ठाउँमा त झगडासमेत परेको छ । उबाट सिक्नुपर्ने भनेको उसको टाइमिङ एकदमै राम्रो छ ।

अहिले त बानी पनि सुध्रिएछ, धेरै म्याचुअर्ड भएजस्तो लाग्यो । अमेरिकाबाट आएपछि एकपटक बसेका थियौं । व्यवहार निकै फरक थियो ।

पूर्णजी सरकारी कर्मचारीजस्तो

Purna-Thapa

उहाँ ठ्याक्कै नेपाल सरकारको कर्मचारी जस्तै हुनुहुन्छ । १० बजे अफिसमा हाजिर हुनैपर्ने, ५ बजे घर पुग्नैपर्ने । उहाँको घरमा पनि त्यस्तै नियम छ कि क्या हो ! हामीभन्दा धेरै सिनियर हुनुहुन्छ, त्यसकारण म उहाँको आलोचना गर्ने हैसियत राख्दिँन । उहाँलाई एक गिलास वियर खुवायो भने ढल्नुहुन्छ ।

फरर अंग्रेजी बोल्थे नारायण त्रिपाठी

Narayan-Tripathi
स्वर्गीय निर्देशक शिव रेग्मीले ‘आफन्त’ भन्ने चलचित्र बनाउँदा नारायण त्रिपाठीको क्रेज अहिलेको दयाहाङ राईको जस्तै थियो । फरर अंग्रेजी बोल्ने । मलाई अचम्म लाग्थ्यो ।

यस्तो राम्रो अंग्रेजी बोलेको देख्दा । पछि थाहा भयो उनी इञ्जिनियर रहेछन् । समयअनुसार चल्न नसक्दा उनी पछि परेका हुन् कि जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment