Comments Add Comment

इस्तानबुलमा शक्तिशाली विस्फोट, कम्तिमा १० को मृत्यु

Istanbul-Police

२८ पुस, काठमाडौं । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा शक्तिशाली विस्फोट भएको छ ।

विस्फोटमा परी कम्तिमा १० जनाको मृृत्यु भएको पुष्टि भएको छ । विस्फोट ऐतिहासिक रुपमा महत्वपूर्ण पर्यटन केन्द्र सुल्तानअहमतमा भएको अधिकारीहरुले बताएका छन् ।

विस्फोट कसले गराएको भन्ने खुलेको छैन । तर, केही स्थानीयले भने आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका छन् । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment