Comments Add Comment

स्टार शैलीः जाडोमा स्टाइलिष्ट करिश्मा, सुष्मा र झरना पनि के कम ?(फोटो फिचरसहित)

aaryan-and-namrata
पौष महिनामा काठमाण्डौमा सर्वाधिक चिसो हुन्छ । चिसो मौसम सुन्दरीका लागि त्यती प्रिय हुँदैन । झन्, ग्ल्यामर क्षेत्रमा लागेका सुन्दरीका लागि त चिसो मौसम कहिले जाला भन्ने हुन्छ ।

चिसो मौसममा बाक्ला कपडा लगाउनु पर्दा मिडियाको क्यामेरामा सोचेजस्तो तस्बिर आउँदैन । बाक्ला कपडा लगाउने सुन्दरीहरुप्रति मिडियाको क्यामेरा पनि खासै सोझिदैन । सायद, यसैले पनि होला जाडो मौसममा पनि चलचित्रका नायिकाहरु छोटै कपडा लगाएर जाडो छल्न खोज्छन् । होइन भने, कार्यक्रम हुने हलको गेटसम्म मोटा कपडा लगाएर, हलमा  पुग्दा सेक्सी देखिन्छन् ।

dhurmus-suntali dipa-and-kunjana
gharana-thapa
मंगलबार आयोजना गरिएको ‘सीजी कामना अवार्ड’को पत्रकार सम्मेलनमा पनि चलचित्र क्षेत्रका कलाकार देखिए । कार्यक्रममा स्टारहरुको आ-आफ्नै पहिरन शैली देखियो । जाडो मौसम भएकाले धेरै नायिका हट भन्दा पनि कुल देखिए । नायकहरुको पहिरन सामान्य नै थियो ।

नायिका करिश्मा मानन्धर, झरना थापा, गौरी मल्ल, सुष्मा कार्की, नम्रता श्रेष्ठ, ऋचा शर्मा, पूजा शर्मा लगायतले कार्यक्रममा सहभागीता जनाए । karisma-manandhar puja-sharma
दीपाश्री निरौला, कुञ्जना घिमिरे पनि आफ्नै शैलीमा कार्यक्रममा पुगे । नायक राजेश हमाल, भूवन केसी, आर्यन सिग्देल, दयाहाङ राई,  रमेश उप्रेती, सुदर्शन थापा, आमेष भण्डारी लगायत पनि देखिए । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य कार्यक्रमको प्रमुख आकर्षणमा थिए । स्टारहरुको पहिरन र उपस्थिती शैली आ-आफ्नै प्रकारको थियो । richa-sharma sushma-and-gauri-malla sushma-karki

तस्बिर: उत्सव रसाइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment