Comments Add Comment

अमेरिकाले इरानसँग माफी माग्यो

US-Sailors

२९ पुस, काठमाडौं । आफ्ना जल सैनिक इरानको सीमामा प्रवेश गरेकोमा अमेरिकाले माफी मागेको छ । इरानी नौसेनाका प्रमुख जनरल अली फदावीले यस्तो जानकारी दिएका हुन ।

आफ्नो सीमामा प्रवेश गरेपछि इरानले अमेरिकाका १० जलसैनिक पक्राउ परेका छन् । गैयर व्यवसायिक व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको फदावीले बताए ।

यो घटना त्यस्तो बेलामा भएको छ, जतिबेला अमेरिका र इरान परमाणु डिलमा सहमति जुटाउने प्रयास गरिरहेका छन् । इरानी नौसेनाका प्रमुखका अनुसार समातिएका अमेरिकी सैनिकहरुलाई छिट्टै छाडिनेछ ।

अमेरिकाले भने आफ्नो जहाज बगेर खाडी पुगेको र त्यही बेला पक्राउ परेको बताएको छ । कुवेतबाट बहराइज जाँदै गरेको दुई सानो जहाजमा १० अमेरिकी सैनिक थिए ।

इरानले उनीहरु सुरक्षित रहेको सूचना दिएको र, बुधबार नै छुट्टै सम्भावना रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । घटना लगतै अमेरिकी विदेशमन्त्री जोन केरीले इरानका विदेशमन्त्रीसँग कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment