Comments Add Comment

टाटा मोटर्सको एक्स्चेञ्ज मेला सुरु

Exchange-Festival_120cc

७ माघ, काठमाडौं । टाटा गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले एक्सचेन्ज मेला सुरु गरेको छ । कम्पनीले विहीबारदेखि नारायणघाटमा मेला सुरु गरेको छ ।

माघ ८ गते बुटवल, माघ ९ गते थापाथली, माघ १० गते जावलाखेल र माघ ११ गते तिलगंगामा मेला आयोजना गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त फेस्टिभल सुरु गर्न लागेको कम्पनीले जनाएको छ । नेपालका मुख्य शहरहरु काठमाडौं, बुटवल र नारायणघाटमा फेस्टिभल चलिरहेको छ ।

कम्पनीका अनुसार मेलामा ग्राहकहरुलाई पुरानो कारहरुको सही एक्सचेन्ज मूल्यांकन, फ्रि वासिङ्ग कुपन, प्रत्येक मूल्यांकनमा आकर्षक उपहार र आकर्षक एक्सेन्ज बोनस समेत प्रदान गरिनेछ ।

मेला अवधिभर सबै मोडलका पुराना कारहरु साटेर टाटाको नयाँ एवं आकर्षक कारहरु प्राप्त गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment