Comments Add Comment

दुनियाकै सबैभन्दा कालो बच्चा भन्दै अनलाइनमा भाइरल

black-baby

सोसल साइटहरुमा एकजना निकै कालो वर्णको बच्चाको फोटो भाइरल बनिरहेको छ, जसलाई दुनियाकै सबैभन्दा कालो बच्चा दाबी गरिएको छ । विश्वको सबैभन्दा कालो बच्चा भनेपछि धेरै भन्दा धेरै मानिसको ध्यान नजाने कुरै भएन ।

तर यो तस्वीरको गुह्य रहस्य बल्ल पत्ता लागेको छ । यो तस्वीर न त कुनै गोरिल्ला वा ढेँडुको मान्छे जस्तै देखिने बच्चाको हो, न त दक्षिण अफ्रिकामा जन्मिएको दुनियाकै कालो बच्चाको हो । वास्तवमा यो त एकजना कलाकारको सिर्जना पो रहेछ, जुन अनलाइनमा खुबै लोकप्रिय बनिरहेको छ ।

ह्वाट्सएप तथा फेसबुकमा तस्वीर भाइरल भएसँगै यो बच्चा दक्षिण अफ्रिकामा जन्मिएको र यो बच्चालाई गिनिज बुकले दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा दर्ज गरेको दाबी गरिएको थियो । साथै यो बच्चालाई विश्वको आठौँ आश्चर्यको रुपमा पनि सूचिकृत गर्ने होडबाजी चल्न थालेको थियो । तर यो कुनै जिवित बच्चा होइन रहेछ । पोलिमर क्ले आर्टबाट बनाइएको एउटा गुडिया रहेछ जसलाई इ कमर्श वेबसाइट इ बे ले भ्यालेन्टाइन उपहारको रुपमा बिक्रिमा राखेको हो ।

doll-2

इ बे मा यस्तै गुडियाहरु ५० देखि ८० डलर सम्ममा उपलब्ध छन् । यसलाई ओक बेबी गोरिल्ला मंकी क्ले डल नाम दिइएको छ र विभिन्न मोडल तथा रंगमा उपलब्ध छन् । यो गुडिया यतिधेरै दुरुस्त छ की त्यसको तस्वीर हेर्दा साँच्चीकै मान्छेको जिवित बच्चा जस्तो देखिन्छ । त्यसैले पनि यो तस्वीर एकाएक अनलाइनमा भाइरल बन्यो र विभिन्न खालका दाबीहरु छरपस्ट भए ।

यो विचित्र गुडिया बनाउने कलाकारको नाम हो लिला पियरसन । उनले सन् २००५ देखि नै यसको स्केच बनाउन सुरु गरेकी थिइन् र सन् २००६ देखि उनका गुडियाहरु अनलाइनमार्फत बिक्रि हुन सुरु भएका थिए । तर पछिल्लो समयमा उनको कालो रंगको गुडियाको तस्वीर दुनियाकै सबैभन्दा कालो बच्चाको तस्वीर भनेर सोसल साइटमा भाइरल बनेपछि उनी अचम्ममा परिन् र निकै रिसाइन् पनि । तर अन्ततः यो तस्वीर दुनियाको सबैभन्दा कालो भनिएको बच्चाको नभै उनै लिलाले बनाएको कालो गुडियाकेा भएको खुलासा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment