Comments Add Comment

जन्मदिनमा मिलन अमात्यः यी हुन् उनलाई मनपर्ने १० गीत

milan-amatya-cute-photo
गायिका मिलन अमात्यको चर्चा अहिले स्टेज, चलचित्रको गीत र आधुनिक गीतमा खुबै छ । मिलनको स्वरलाई मन नपराउने कमै मात्र श्रोता होलान् । भारतमा संघर्ष गर्दा गर्दै नेपाल आएकी मिलन अहिले पाश्र्व गायनदेखि आधुनिक एल्बममा पहिलो स्थानमा छिन् । उनै मिलन अमात्यको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा हामीले मिलनसँग सोध्यौ, तपाइलाई आफैले गाएका मध्ये उत्कृष्ट लाग्ने १० गीत कुन हुन् । उनले आफूलाई सर्वाधिक मनपर्ने १० गीत र त्यसको कारण यसरी बयान गरेकी छिन्ः

१०. आँखामा गाजल लाएकी छु
संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको सृजनामा तयार भएको यो गीत अहिले केही रेडियोमा बज्न थालेको छ । यो गीतमा केटी मानिसले आफ्नो रुपको वर्णन गरेकी छे । स्टेजमा पनि यो गीत मझैले चल्छ भन्ने लाग्छ । दर्शकसँग रमाउन, झुम्नका लागि यो गीत तयार भएको हो । यो पूर्ण व्यवसायिक गीत हो ।

९. दुई थोपा आँशु
योगेन्द्रमणी दाहालको यो गीत मलाई खुबै मनपर्छ । यो गीतलाई कतीले डिप्रशेनको गीत पनि भने । कुनै पनि मानिसको चाहना नवुझ्ने कुरा पनि हुन्छ । म तिम्रो छेउमा नहुँद्या, तिमीले मलाई वुझ्ने छौ भन्ने जस्ता शब्द यसमा छ । यसले मेरो मन खुबै छोएको छ ।

८. यो के हो माया जस्तो
चलचित्र ‘हाउ फन्नी’मा समावेश यो गीत मैले गायक दीपक लिम्बुसँग मिलेर गाएकी छु । यो मैले चलचित्रमा गाएका गीतमध्ये बढी मनपर्ने गीत हो ।

७. स्लोली स्लोली
यो गीतले मलाई खुबै उचाई दियो । ‘गाला रात्तै’बाट पाएको एउटा उचाइमा यो गीतले इट्टा थप्ने काम गरेको छ । यो मसला गीत हो, जसलाई दर्शक तथा श्रोताले खुबै मन पराउनुभयो ।
Milan-Amatya1
६. सोचे जस्तो भए जीवन म त कत्ती वाच्थेँ होला
‘मधुर मिलन’ एल्बममा समावेश यो गीत सेमी क्लासिकल छ । राजबाबु श्रेष्ठको शब्द रहेको गीतमा वास्तविक भोगाइका कुरा छन्, जुन यथार्थ पनि छ । यसैले पनि यो गीत मलाई मनपर्छ ।

५. गाला रात्तै
यो चलचित्र ‘नोटबुक’मा समावेश गीत हो । जसले मलाई आम दर्शकसम्म पुर्‍याउने काम गर्‍यो । यसको मेलोडी पनि उत्कृष्ट छ ।

४. आवाज देउ
यो गीतमा एक प्रकारको मिठास भेट्छु म । जती सुनेपनि सुनीरहुँ लाग्ने गीत भएकाले पनि मनपर्छ ।

३. सिरिमा सिरी
‘मिलन’ एल्बममै समावेश यो गीत पूर्ण रुपमा डान्सिङ नम्बरमा छ । यो गीतलाई दर्शकले स्टेजमा पनि खुबै रुचाउनु भएको छ ।

२. माया गर्ने मायालु
‘मिलन’ एल्बममा समावेश यो गीत मलाई खुबै मनपर्छ । माया गर्नेप्रति यो गीत समर्पित छ । केटीले विश्वास गरेको मानिसलाई कहिले छाडेर नजान गरेको अपिल गीतमा छ ।

१. जैले सम्म संसारमा तिमीलाई
यो गीत म नेपाल आएपछि बजारमा आएको पहिलो गीत हो । यो गीतले नै मलाई चिनाएको थियो । यो गीतमा एउटा केटीको केटाप्रतिको समर्पण देखिन्छ । यसैले पनि मलाई यो गीत असाध्यै मनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment