Comments Add Comment

वीरगञ्ज भन्सारमा मोटरसाइकलको टेण्डर

१२ माघ, वीरगञ्ज । संयुक्त मधेसी मोर्चाको आन्दोलन र भारतको अघोषित नाकाबन्दीले विगत चार महिनादेखि वीरगञ्ज नाका बन्द छ । भन्सार नाका खुल्ने नखुल्ने अनिश्चित छ ।

Bhansar-Birganjतर, नाका बन्द भएर जनजीवन कष्टकर भइरहेकै बेला वीरगञ्ज भन्सार कार्यालयले भने सयवटा मोटरसाइकल बिक्री गर्ने सूचना जारी गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले जफत गरिएका १०० (एक सय) थान हिरो एचिभर मोटरसाइकल सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्न लागेको हो ।

कार्यालयले मोटरसाइकलको मूल्य एक लाख २९ हजार तोकेको छ । १५० सिसीका ती मोटरसाइकल ५/२०१५ मोडलका हुन् । भन्सार कार्यालयले सयवटा मोटरसाइकलको न्यूनतम मूल्य १ करोड २९ लाख १ हजार तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment