Comments Add Comment

खाना लगत्तै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक

drinking water

गर्मी मौसममा चिसो पानी पिउन निकै मज्जा लाग्छ तथा जिउलाई आनन्द पनि मिल्दछ । कोही मानिसको बानी नै हुन्छ, खानासँगै वा खाना लगत्तै पानी पिउने । तर खाना लगत्तै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार खाना लगत्तै चिसो पानी पिउनाले पाचन शक्तिमा असर पार्नुका साथै रोग प्रतिरोधी क्षमता पनि घटाइदिन्छ ।

खाना लगत्तै चिसो पानी पिउनु पित्तासयका लागि अत्यधिक हानिकारक हुन्छ । हाम्रो सरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । त्यसैले हामीले २०।२२ डिग्री सेल्सियस तापक्रमको पानी पिउनु उपयुक्त हुन्छ । तर त्यसभन्दा चिसो पानी पिउनु हानिकारक हुन्छ । अझ खाना लगत्तै चिसो पानी पिउँदा यसको असर बढि हुन्छ ।

खाना लगत्तै बढि चिसो पानी पिउनाले पेटमा निस्कने पाचक रसको उत्सर्जन कम हुन्छ । यसले कब्जियत तथा अपचको समस्या पैदा गर्छ ।

साथै यसबाट मुटु सम्बन्धी समस्या पनि सिर्जना हुनसक्छ । खाना लगत्तै चिसो पानी पिउनाले हृदयाघातको जोखिम बढ्ने एक शोधले देखाएको छ । चीन तथा जापानका मानिसहरुमा यो अध्ययन गरिएको हो । चिनिया तथा जापानीहरुले खानापछि चिसो पानी पिउँदैनन् तातो चिया पिउँछन् । त्यसैले पनि उनीहरुमा हृदयाघातको समस्या नगन्य रहेको छ ।

खाना लगत्तै चिसो पानी पिएमा उक्त पानी खानासँगै पेटमा उत्पन्न हुने एसिडसँग मिल्दछ । जसबाट फ्याटको निर्माण हन्छ । जसले बोसो बढाउने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment