Comments Add Comment

सिँगारपटारको भुत चढेपछि ८ वर्षे बालकले आफैलाई केटी बनाए

तस्वीरमा देखिएको मानिस केटा हो की केटी, छुट्टाउन सक्नुहुन्छ ? केटीजस्तै लाग्छ होइन ? वास्तवमा यी ८ वर्षका बालक हुन् । उनमा जिउको मेकअप अर्थात् सिँगारपटार गर्ने भुत यति चढ्यो की उनलाई केटी बन्नबाट रोक्न कसैले सकेन ।

अमेरिकाको फ्लोरिडामा बस्ने इथन विलवर्टले आफ्नी आमासँग निकै जिद्दी गरेर एक मेकअप कम्पनीमा सिँगारपटारको क्लास लिए । कक्षाकै दौरान मेकअप आर्टिस्टले इथनको आधा अनुहारमा मेकअप गरिदिए र आधा अनुहार आफै गर भनेर छाडिदिए । इथनले आधा अनुहारको मेकअपलाई यति उत्कृष्टताका साथ पूरा गरे की कसैले सोँचेको पनि थिएन । उनी मेकअप गरेर पूरै केटीको भेषमा पो बदलिए ।

इथनलाई आफ्नी आमा सिजनले मेकअप गरेको देख्दा मेकअप सिक्ने मन लागेको रहेछ । उनी फरक फरक तरिकाका मेकअप सिक्न चहन्थे । छोराको इच्छा पूरा गरिदिन पाएकोमा आमा खुसि छिन् ।

आफैले मेकअप गरेर केटीजस्तै बनेको इथरका तस्वीरहरु फेसबुकमा खुबै रुचाइएका छन् र ती तस्वीरमा हजारौँ लाइक प्राप्त भएका छन् । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment