Comments Add Comment

महिलाले मन पराउँछन् खाना पकाउने पुरुष

cooking_

हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ । घरमा खाना पकाउने काममा त अधिकांस महिलाहरु नै संलग्न भएका हुन्छन् तर दुनियामा विभिन्न होटल रेष्टुरेन्टहरुमा खाना पकाउने शेफको रुपमा भने महिलाको तुलनामा पुरुषको संख्या निकै बढि रहेको पाइन्छ । यसको अर्थ खाना पकाउने कामलाई पेशाको रुपमा अँगाल्ने मामिलामा पुरुषहरु महिलाको तुलनामा अगाडि देखिन्छन् ।
सायद तपाइँले एउटा उखान सुन्नुभएकै छ होला, दीलको बाटो पेट हुँदै गएको हुन्छ । यो भनाइ महिलाहरुकै सन्दर्भमा भन्ने गरिन्छ । तर साँचो के हो भने महिलाहरु समेत यस्ता पुरुष मन पराउँछन् जसले खाना पकाउन जान्दछन् ।

महिलाहरु खाना पकाउन सिपालु पुरुषहरुप्रति बढि आकषिर्त हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । आफ्नो पार्टनरलाई खुसी राख्ने मामिलामा पुरुषको खाना पकाउने सीप निकै कामयावी हुन्छ । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि उनलाई मनपर्ने खानेकुरा बनाएर टक्राउने तथा कुनै विशेष दिनमा आफैले खाना बनाएर भोजको आयोजना गर्ने पुरुष पार्टनरबाट महिलाहरु निकै खुसी हुन्छन् ।

अफिस वा अन्य कामका लागि बाहिर जानु नपर्ने अर्थात् विदाको दिनमा समेत भान्सामा श्रीमतीलाई सघाउने पुरुषहरु कमै हुन्छन् । तर यदि तपाइँले फुर्सदको समयमा भान्साको धन्दामा श्रीमतीलाई सघाउनुभयो भने उनी निकै खुसी हुन्छिन् र तपाइँहरुबीचको आत्मीयतामा पनि वृद्धि हुन्छ ।

यदि तपाइँलाई खाना बनाउन आउँछ भने कुनैदिन तपाइँको श्रीमती बिरामी हुँदा तपाइँ आफैले खाना बनाएर खुवाउन सक्नुहुन्छ । तर कतिपय पुरुषहरु त खाना बनाउनै नआउने हुँदा बिरामी भएपनि श्रीमतीहरुले नै सकी नसकी खाना बनाउनुपर्ने हुन्छ ।

महिलाहरु सधै आफैले पकाएको खानेकुरा खाँदा दिक्क भएका हुन्छन् । यस्तो बेलामा उनीहरु कुनैदिन अरुले पकाएको खानेकुराको फरक स्वाद पनि लिन चाहन्छन् । त्यसैले यदि तपाइँले बेलाबेलामा आफुले पकाएर परिवारलाई खुवाउनुभयो भने त्यसले उनमा खुसी बढ्दछ र दाम्पत्य जिवन सुखमय बनाउन मद्धत मिल्दछ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment