Comments Add Comment

द्विअर्थी संवादले भरिएको सन्नी लियोनीको ‘मस्तीजादे’

masti jade sunny 1

चलचित्रः मस्तीजादे
निर्देशकः मिलाप झवेरी
कलाकारः सन्नी लियोनी, वीर दास, तुषार कपुर, सुरेश मेनन, रन्धवा, असरानी आदि ।

बलिउडमा मिलाप झवेरी खासगरी फिल्म राइटरका रूपमा चिनिन्छन् । मस्ती, हे बेबी र क्या कुल है हम- ३ जस्ता फिल्मको स्क्रिप्ट झवेरीकै हो । तर, अहिले उनको परिचयको दायरा फराकिलो भएको छ ।

उनी हालै रिलिज भएको फिल्म मस्तीजादेबाट निर्देशकका रूपमा उदाएका छन् । सेक्स कमेडी फिल्मले दर्शकलाई तान्छ वा तान्दैन हेर्न भने बाँकी नै छ ।

यस्तो छ कथा

दुई साथी सनी केले (तुषार कपुर) र आदित्य चोटिया (वीर दास) को सम्बन्धमा कथा घुम्छ । यी दुवै एक विज्ञापन एजेन्सीमा काम गर्छन् । तर, सामान्य कुरामै उनीहरूले जागिर गुमाउनेपर्ने हुन्छ । त्यसपछि उनीहरूले विज्ञापन एजेन्सी खोलेर काम सुरु गर्छन् ।

यही क्रममा उनीहरूको भेट लिली लेले र लैला लेलेसँग हुन्छ । लिली र लैलाको प्रेममा सन्नी र आदित्य पर्छन् । लिली र लैला जुम्ल्याहा जस्तै हुन्छन्, काटीकुटी उस्तै । सनी र आदित्य पटकपटक समस्यामा पर्छन् । कतिपय अवस्थामा उनीहरूलाई आफ्नी प्रेमिका चिन्न र छुट्याउन पनि मुस्किल पर्छ ।

masti-jade-sunny-3

स्क्रिप्ट

फिल्मको कथा मिलाप आफैंले लेखेका छन् । उनले युवा पुस्तालाई आकर्षित गर्न धेरै टिप्स राखेका छन् । दोहोरो अर्थ लाग्ने संवाद पनि उस्तै छ ।

लिली लेले र लैला लेले दुवै भूमिका सन्नी लियोनी छन् । सन्नीको अंग प्रदर्शनलाई बेजोड रूपमा प्रस्तुत गरेका छन् । टे्रलरमा सन्नीलाई जति बोल्ड रुपमा देखाइएको छ, फिल्ममा पनि सन्नीको बोल्ड अवतारलाई उत्तिकै स्थान दिइएको छ । यो फिल्मको तुलना अघिल्लो हप्ता रिलिज भएको क्या कुल है हमसँग गरिएको छ ।

Masti jade

अभिनय

सन्नी लियोनीले दुवै चरित्रलाई न्याय गर्न सफल छिन् । तुषार र वीर दासले पनि राम्रो अभिनय गरेका छन् । तर, स्क्रिप्ट त्यति मजबुत भएको देखिँदैन ।

फिल्मको गीत राम्रो भए पनि सुटिङमा अलि कन्जुस्याइँ गरेको हो कि जस्तो लाग्छ । फिल्ममा राखिएका दोहोरो अर्थ लाग्ने संवाद सबै दर्शकलाई राम्रो र रमाइलो नलाग्न पनि सक्छ । तर, सन्नी लियोनीको प्रसंशकले मस्तीजादे हेरेर मनोरञ्जन लिन सक्छ नै । – एजेन्सीको सहयोगमा

masti jade (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment