Comments Add Comment

सोमबार १० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

NRB-Photo१६ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रुपैंया  निक्षेप संकलन गर्ने भएको छ । बजारमा लगानी योग्य पुँजी (तरलता)  बढी भएपछि राष्ट्र बैंकले त्यसको व्यवस्थापनका लागि बोलकबोलमार्फत निक्षेप उठाउन लागेको हो ।

केन्द्रिय बैंकले अागामी सोमबार ९० दिनका लागि निक्षेप संकलन निष्कासन गर्ने जनाएको छ । अनलाइन बिडिंग सिस्टम सफ्टवेयर मार्फत मात्र बिड गर्न सकिने यो उपकरणमा ब्याजदर भने बोलकबोलबाटै निर्धारण गरिनेछ।

साँवा र ब्याज भुक्तानी मिति बैशाख १८, २०७३ लाई तोकिएको छ भने प्रि-म्याच्योर भुक्तानी नहुने राष्ट्र बैंकले जनाएको छ । यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ’क’, ’ख’ र ’ग’ वर्गको इजाजतपत्र प्राप्त बैंक तथा बित्तिय संस्थाहरु मात्र सहभागी हुन पाउने छन् ।

बोलकबोल गर्न सकिने न्युनतम रकम ५ करोड रुपैया तोकिएको छ भने बढीमा ५ करोड रुपैयाले भाग जाने गरि कुल आह्वान रकम सम्म तोकिएको छ ।

बाँडफाँड गर्दा बोल बमोजिम सबै भन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमश बाँडफाँड गरिने राष्ट्र बैंकका राष्ट्रऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment