Comments Add Comment

अध्ययन भन्छः सोझा सिधा महिलाले लुकिछिपी हेर्छन् पोर्न फिल्म

film

बेलायतको एसेक्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले महिलाहरुको बारेमा रहेको आम धारणा विपरितको तथ्य पत्ता लगाएको छ । शोधकर्ता गरुल्फ रेगरले गरेको अध्ययन अनुसार दुनियाका सिधा साधा मानिने महिलाहरु पनि पोर्न फिल्म हेर्न निकै उत्सुक हुन्छन् र उनीहरुले लुकिछिपी पोर्न फिल्म हेर्ने गर्छन् ।

आफ्नो यौन आकांक्षा तथा पोर्न सामाग्री हेर्ने इच्छालाई लुकाउन महिलाहरु निकै खप्पिस हुने तर उनीहरुले लुकिछिपी गे पोर्न वा बाइसेक्सुअल पोर्न हेर्न निकै रुची राख्ने गरेको अध्ययनको ठम्याइ छ ।

यसअघि बोइस स्टेट युनिभर्सिटीले सन् २०११ मा गरेको अध्ययनले झण्डै ६० प्रतिशत महिलाहरु आफु समलिंगी नभैकन पनि अन्य महिलाहरुप्रति आकषिर्त हुने गरेको देखाएको थियो । त्यस्तै ४५ प्रतिशत महिलाहरुले अर्को महिलालाई चुम्बन गरेको स्विकार गरेका थिए भने ५० प्रतिशत महिलाले अन्य महिलासँग नै यौनक्रिडा वा मैथुन गरेको खुलासा गरेका थिए ।

पर्सनालिटी एण्ड सोसल साइकोलोजी जर्नलमा छापिएको पछिल्लो शोध अनुसार सोझा सिधा महिलाहरुले कवल लभ फेन्टासी मात्र राख्दैनन् उनीहरुले अर्को सुन्दर महिलासँग शारीरिक सम्बन्ध समेत बनाउन चाहन्छन् । यस्ता महिलाहरु रोमान्स, सेक्सको भावना तथा आत्मीयताको कुरा पोर्न फिल्म हेरेर सिक्ने गर्छन् ।

महिलाहरुलाई समेत पुरुष संलग्न पोर्न सामाग्री भन्दा गर्ल पोर्न वा लेस्बियन पोर्नले बढि उत्तेजित गराउँछ । महिलाहरुलाई सिधा सोझा पुरुषको तुलनामा आफ्नो कल्पनामा तेजा तथा चलाख पुरुष मन पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment