Comments Add Comment

पानासोनिकको इलुगा स्विच स्मार्टफोन बजारमा

Panasonic Smartphone१८ माघ, काठमाडौं । एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले पानासोनिकको नयाँ स्मार्टफोन इलुगा स्विच बजारमा ल्याएको छ । यसको मूख्य विशेषता ‘रिभर्सिबल स्मार्टफोन’ प्रविधि हो ।

यो प्रविधिका कारण फोनलाई कुनै पनि कोणबाट प्रयोग गर्न सकिन्छ । यो फोन सिधा, उल्टो वा साइडबाट हेर्न र प्रयोग गर्न सकिन्छ ।

पानासोनिक इलुगा स्विचमा २ जीबी र्‍याम र ३२ जीबी रोम रहेको छ । यसको डिस्प्ले ५.५ इन्चको रहेको छ भने यसमा १.५ गिगाहर्ज ओक्टाकोर स्नापड्रागन प्रोसेसर रहेको छ ।

स्मार्टफोनको पछाडिको क्यामरा १३ मेगापिक्सलको छ भने अगाडिको क्यामरा ८ मेगापिक्सलको छ । यो फोनले ४जी प्रयोग गर्ने सुविधा प्रदान गर्नेछ ।

शक्तिशाली २९१० एमएएच क्षमताको ब्याटि्र रहेको यो स्मार्टफोनको मूल्य २९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment