Comments Add Comment

कति वजन भएकाले कति पानी पिउने ?

drinking-water

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः

सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।

यसरी पिउनुहोस् पानी

आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायामका बेला धेरै पानी

व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।

सरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । सरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment