Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदीसँग ५ हजार पनि छैन ?

narendra modi sad

१९ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति पैसा होला ? सवैको उत्तर स्वभाविक हुन्छ ,भारतका प्रधानमन्त्रीसँग करोडौं रकम । तर भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको नयाँ जानकारी अनुसार गत बर्षको अन्त्य सम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्मा ४ हजार ७ सय रुपैया नगद मात्र थियो ।

समाचार एजेन्सी पीटीआइका अनुसार मोदीको कुल सम्पत्ति १. ४१ करोड रुपैया छ तर प्रधानमन्त्री मोदीले जारी गरेको विवरणमा १.२६ करोड मात्र रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको आफ्नो नीजि सवारी साधान समेत छैन । गुजरात घर भएका मोदीको दिल्लीमा बैंक खाता समेत नरहेको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
(वीवीसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment