Comments Add Comment

सहकारीको ८० हजार ऋण तिर्न नसक्दा १४ वर्षदेखि वनबास

depressionत्रेतायुगमा भगवान रामचन्द्र चौध वर्ष वनबास बसेको कुरा त रामायणमा सुनिएकै हो । तर कलियुगमा कोही मानिस वनबास बसेको कुरा अलिक अनौठो लाग्दछ ।

अझ निर्धा तथा गरीब मानिसको उत्थान गर्ने भनिएका सहकारी संस्थाले नै कुनै मानिसलाई सुकुम्बासी बनाएर जंगलको बास गराउँछन् भन्ने कुरा झनै अनौठो लाग्दछ । तर भारतमा एउटा सहकारीको ऋण तिर्न नसक्दा एकजना मानिस १४ वर्षदेखि जंगलको बास भएका छन् ।

एक सहकारी संस्थाबाट लिएको ५० हजार ४ सय भारु ऋण तिर्न नसक्दा सहकारीले उनको २.२९ एक्कड जमिति लिलाम गरिदिएपछि उनी विगत १४ वर्षदेखि जंगलमै आफ्नो गाडीभित्र बसिरहेका छन् ।
भारतको कर्नाटक राज्यको दक्षिणाखंड जिल्लामा पर्ने सुलिया गाउँका चन्द्रशेखर गौडा नामका ती व्यक्तिले नेल्लुरु कामराजे सहकारीबाट सन् १९९९ मा कर्जा लिएका थिए । तर उनले उक्त कर्जा चुक्ता गर्न सकेनन् । सहकारीले सन् २००२ मा उनको कर्जा असूलीको प्रक्रिया सुरु गर्यो ।

सन् २००२ को अक्टोबरमा उनको घरजग्गा १ लाख २० हजारमा लिलाम गरिदियो । सहकारीले लिलाम गरेर उनको जग्गाबाट उनलाई पुलिस लगाएर हटाइयो र घर पनि भत्काइयो ।

सहरकारीले घरजग्गा लिलाम गरिदिएसँगै उनी केही समय आफ्नी बहिनीको घरमा बसे तर लगत्तै एउटा सेकेण्ड ह्याण्ड कार किनेर उनी बनबास हिँडेका थिए । चन्द्रशेखरले उक्त कारलाई गाउँको नजिकै रहेको जंगलको बाहिरी भागमा राखे र त्यसैलाई आफ्नो घर बनाए ।

उनी पछिल्लो १४ वर्ष सोही गाडीमा बस्दै आएका छन् । उनले जंगलमै हातले बाँसका टोकरी बुन्ने काम गर्दै आएका छन् । हरेक हप्ता आफुले बुनेका टोकरी बेच्नका लागि २१ किलोमिटर पैदल हिँडेर सुलिया बजारमा आउँछन् । उनले आफुले बुनेका टोकरीलाई प्रतिगाटा ४० भारुमा बेच्ने गरेका छन् ।

ऋण तिर्न नसकेको आरोपमा एक सहकारीले मानिसलाई बनको बास बनाएको र १४ वर्षदेखि एकजना मानिस विल्लीबाँठ भएर जंगलमा बसिरहेको घटनाले अहिले भारतमा खुबै चर्चा पाएको छ । वनबास बसिरहेका ती मानिसको पुनर्वासका लागि सरकारी अधिकारीहरुले प्रयास सुरु गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment