Comments Add Comment

जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा

zika virus (2)

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा फैलिरहेको जिका भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषणा गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसको समस्या समाधानका लागि अन्तराष्ट्रिय स्तरमा प्रयासलाई तिव्र पार्नु आवश्यक छ ।

जिका भाइरस संक्रमणको बारेमा छलफल गर्नका लागि स्विजरल्याण्डको जेनेभामा डब्लुएचओको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।

संगठनका अनुसार जिका भाइरस तिव्र रुपमा फैलिरहेको छ । उत्तर तथा दक्षिण अमेरिकामा ४० लाख जना मानिसमा यो रोगको संक्रमण फैलिने खतरा रहेको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अमेरिकाका केही देशमा जिका भाइरसको खतरा बढ्दैै गइरहेको छ । लामखुट्टेबाट मानिसमा सर्ने जिका भाइरस संक्रमणपछि पनि धेरै मानिसमा यसको लक्षण नदेखिने भएपनि यसको असर बालबालिकाको मस्तिष्कमा पर्ने गर्छ ।

ब्राजिलमा पछिल्लो समयमा जन्मिएका दिमागी रुपमा कमजोर हजारौँ बच्चामा जिका भाइरसको संक्रमण हुनसक्ने बताइएको छ ।
zika virus (1)
डब्लुएचओद्धारा जिका संकटकाल घोषणा गरेसँगै अब यो भाइरस विरुद्ध लड्न प्रयोगशालामा पनि तिव्र रुपमा काम हुनेछन् भने सरुवा नियन्त्रण, रोकथाम तथा बचावटका लागि विश्वव्यापी स्तरमै प्रयास हुनेछन् । जिका भाइरसको भ्याक्सिन तयार गर्न दुइ वर्षसम्म लाग्नसक्ने बताइएको छ । विश्वका कुना कुनासम्म यो खोप पूराउन त अझ केयौँ वर्ष लाग्नसक्छ ।

अहिले दक्षिण अमेरिकी देश ब्राजिल जिका भाइरसबाट सबैभन्दा बढि प्रभावित बनेको छ र यहाँ हजारौँ मानिसमा जिका भाइरसको संक्रमण फैलिएको छ । ब्राजिल सहित अन्य २० देशमा जिका भाइरसको संक्रमण देखिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment