Comments Add Comment

अमेरिकामा “पालुवा र मञ्जरी” लोकार्पण

paluwa-and-manjari-1न्यूयोर्क । साहित्यकार शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरुको संग्रह “पालुवा र मञ्जरी” अमेरिकाको न्यूयोर्कमा लोकार्पण गरिएको छ ।

नेपाली साहित्य समाज -अनेसास) न्यूयोर्क शाखाको प्रकाशन सहयोगमा कवियत्री ज्ञवालीको कविता संग्रह लोकार्पण गरिएको हो ।

न्यूयोर्कका महाबाणिज्यदूत नारायण मैनाली, उप-बाणिज्यदूत प्रवीण भट्टराई, नाट्यकर्मी तथा प्राज्ञ हरिबहादुर थापा लगायतले कविता संग्रहको लोकापर्ण गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

लामो समयदेखि साहित्य सिर्जनशीलताका विविध विधामा सक्रिय शकुन्तला ज्ञवालीको यसका अलावा दर्जनौ लोकभाका र तीजगीत एल्वमहरु पनि प्रकाशित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment