Comments Add Comment

स्याङ्जा सहयोग समाज दुबईको पाँचौं वार्षिकोत्सव सम्पन्न

sanyaja-samaj-UAE

दुबई । दुबई-स्याङ्जा सहयोग समाज, युएईले आफ्नो पाँचौं वार्षिकोत्सव वनभोज तथा विविध साँस्कृतिक कार्यक्रम गरी मनाएको छ ।

दुबईको जाबिल पार्कमा आयोजित कार्यक्रममा उल्लेख्य स्याङजालीहरु तथा अन्य जिल्लाका नेपालीहरु आपसमा मिलेर नाचगान, लोकदोहोरी तथा नृत्यका साथमा स्वादिष्ट नेपाली परिकारका साथमा समाजले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको हो ।

रोजगारीको सिलसिलामा युएईमा रहेका स्याङजालीहरु तथा अन्य नेपाली दाजुभाइ दिदी बहिनीहरुको उलेख्य उपस्थित रहेको वनभोजमा सरिक सम्पूर्णले खाडी मुलुकमा आएर पनि आफ्नो संस्कृति रीतिरिवाज जोगाउन समाजले खेलेको भुमिकाको प्रसंशा गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रमको अतिथिहरुमा स्याङ्जा सहयोग समाजका संस्थापक लगायत निवर्तमान/वर्तमान कार्यसमिति, क्षेत्रीय समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment