Comments Add Comment

लिटिल मास्टर तेरियाको बेल्जियममा सांगीतिक प्रस्तुति

teria-magar-beljiumबार्सिलोना । डान्स ईन्डिया डान्स लिटिल मास्टर २०१४ को उपाधि जितेर चर्चामा आएकी प्रतिभाबान नेपाली वालिका तेरिया मगरले बेल्जियमबासी नेपालीहरुलाई नचाएकी छिन् ।

लिटिल मास्टरको उपाधि जिते पछि देश विदेशका कार्यक्रमहरुमा ब्यस्त बनेकी तेरियाले युरोप भ्रमणका क्रममा बेल्जियममा सांस्कृतिक प्रस्तुति दिएकी हुन् ।

विश्व मगर महासंघ बेल्जियमले आयोजना गरेको माघे सँक्रान्ती बिशेष सांगीतिक कार्यक्रममा बिभिन्न चर्चित गीतहरुमा तेरियाले नृत्य गरेकी हुन् ।

तेरियाको साथमा गायक सुमन बुढामगर,लाली बुढाथोकी लगायतले पनि सांगीतिक प्रस्तुति दिएका थिए । मगर जातिको भेष भुषा र संस्कृति झल्कने परम्परागत नृत्यहरुले सहभागीको ध्यान केन्द्रित गरेको थियो। दर्शकहरुको बाक्लो उपस्थितिले हल खचाखच देखिन्थ्यो।

संघका अध्यक्ष मार्के मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ (एनआरएनए) सचिव अर्जुन कुमार श्रेष्ठ, महिला उप -संयोजक रजनी प्रधान, आईसी सदस्यहरु नेत्र मगर,चिज कुमार श्रेष्ठ,जानकी गुरुङ, राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधर गौतम लगायतको उपस्थिति थियो ।

teria-magar-beljium.jpg-1

युरोपमा आएकी डीआईडी लिटिल मास्टर तेरियाले युरोपका अन्य मुलुकहरुका साँस्कृतिक कार्यक्रमहरुमा पनि सहभागी हुनेछिन् ।
तस्वीरः विश्व मगर संघ बेल्जियमको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment