Comments Add Comment

अब गुगलमै पढ्न पाइन्छ चाहेका किताब

google book

सूचना प्रविधिको यो युगमा गुगल सर्च इन्जिनले सिक्न वा जान्नका लागि निकै सहज बनाइदिएको छ । नयाँ जानकारी खोज्नेका लागि गुगलको सर्च इन्जिन निकै राम्रो श्रोत बन्दै आएको छ । अब गुगलमा लेखकहरुका आधिकारिक किताब नै पढ्न पाइने भएको छ ।

गुगलले आफ्नो गुगल बुक्स सेवामार्फत लेखकहरुका किताबहरु अनलाइनमा उपलब्ध गराउँदैछ । लेखकहरुले आफ्ना किताबहरु प्रकाशनका लागि गुगल बुक्सलाई दिनसक्छन् । र त्यसरी दिएका किताबहरु स्क्यान गरी गुगलले गुगल बुक्समा राखिदिन्छ ।

करीब १० वर्षको कानूनी लडाइँपछि गुगलले केही हप्ता पहिले आफ्नो अनलाइन पुस्तकालय स्थापना गर्ने अर्थात् गुगल बुक्स सुरु गर्ने अनुमति पाएको हो । यो सँगै गुगलको पुस्तकालय परियोजना जसले किताबहरुलाई स्क्यान गरी अनलाइनमा उपलब्ध गराउने प्रयास गरिरहेको छ त्यो प्रयास अघि बढ्नेछ ।

गुगलले केही वर्ष पहिलेबाटै किताबलाई स्क्यान गर्ने प्रयास सुरु गरेको थियो । गुगल बुक्सले गुगल प्रयोगकर्तालाई किताबका विभिन्न भागलाई अनलाइनमा पढ्न पाउने सुविधा प्रदान गर्दछ । यदि किताब मन पर्यो भने त्यसलाई अनलाइन खरीद गर्नमा पनि गुगलले मद्धत गर्दछ ।

तर गुगलले किताबहरुलाई अनलाइनमा देखाउने यस्तो कार्य विरुद्ध लेखकहरुको एक समूहले अदालतको ढोका ढक्ढकायो एक दशक पहिले । आफुहरुसँग कपी राइट भएको अवस्थामा गुगलले यस्तो गर्न नपाउने लेखकहरुको दाबी थियो । तर अमेरिकी अदालतले भने गुगलकै पक्षमा फैसला गर्यो ।

अब यो सँगै गुगललको अनलाइन पुस्तकालयमाथिको कानूनी अड्चन हटेको छ र गुगलको किताब स्क्यान गर्ने परियोजना अघि बढ्नेछ । अब प्रयोगकर्ताहरुले अहिलेसम्म पढ्न नपाएको र बजारमा नपाइने किताब पनि गुगल बुक्समा गएर अनलाइनमा पढ्न पाउनेछन् ।

यदि चाहनुहुन्छ भने त आफ्नो किताब पनि गुगल बुक्समा सामेल गराउन सक्नुहुन्छ । आफ्नो किताबको हार्ड कपी मात्र नभई पिडिएफ फाइल गुगललाई पठाउन सकिने बताइएको छ । गुगलले पाठक तथा किताबका बारेमा जान्न चाहनेहरुका कुराहरु सम्बन्धित लेखकसम्म पूराइदिने काम पनि गर्नेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment