Comments Add Comment

अमेरिकाबाट नेपाल उडेका पौडेल दुबईमा भेटिए

Paudel

आरपी सहयात्री

२० माघ, दुबई । दस महिनाअघि अमेरिका पुगेका भद्रुटार-३ नुवाकोटका ३४ वर्षीय पौडेल थरका एक व्यक्ति नेपाल फर्कने क्रममा दुबईमा अचानक हराए ।

बोस्टन एयरपोर्टबाट गत माघ ८ गते नेपाल प्रस्थान गरेका दुबई आएपछि एकाएक सम्पर्कविहीन भए । नेपाली समयअनुसार राति १०ः३० मा विमान अवतरण हुने समयतालिका अगि्रमरुपमा पाएका परिवारका सदस्यहरु विमानस्थलमा पर्खेर बसेका थिए ।

निर्धारित समयमा फ्लाई दुबईको प्लेन काठमाडौं अवतरण गरे पनि आफ्नो मान्छे नआउँदा पौडेल परिवारमा विभिन्न शंका उपशंकाले डेरा जमायो । एक दिन, दुई दिन होइन, हप्ता दिन बित्दा पनि पौडेल सम्पर्कमा नआउँदा परिवारमा रुवाबासी चल्यो ।

रोएर मात्र समस्याको समाधान हुँदैन भनेर वेपत्ता पौडेलका भतिजा प्रकाशले परराष्ट्र मन्त्रालयमा खोज खबर गरीपाउँ भनी निवेदन दिए । परराष्ट्रले नेपाली दूतावास अबुधाबीमा बोधार्थ पठायो । दूतावास श्रोतले पनि आफ्नो च्यानलमार्फत खोजीकार्य तीव्र पार्यो ।

राजदूत धनन्जय झा र श्रम सहचारी हिरा यादवले चासोका साथ खोजीकार्यमा सबै स्रोत परिचालन गर्दा इमिग्रेसनमा दैनिक ५ सय दिराम फाइन रहेको तथ्य पत्ता लाग्यो ।

यसको अर्थ निज पौडेल यूएईभित्रै बिना भिसा रहेको बुझियो । दूतावासले एनआरएनको उद्दार टोलीलाई सहकार्यका लागि प्रस्ताव गर्‍यो । उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा रहेको एनआरएनको टोलीले विशेष चासोका साथ खोजीकार्य तीब्र बनायो ।

एनआरएन महिला संयोजक कल्पना राई दुबई एयरपोर्टमै कार्यरत भएका कारण उनले पनि विशेष महत्व दिएर खोजी जारी राखिन् । सम्भावित र सम्बन्धित निकायमा खोजी गर्दा करिब १० दिनपछि पत्ता लाग्यो कि हराइरहेका पौडेल रसिद अस्पतालमा उपचाररत छन् ।

एनआरएन यूएईका उपाध्यक्ष श्रेष्ठको टोलीले अस्पता पुगेर भेट्दा उनी अर्धबेहोसी अवस्था थिए० । डिप्रेसनको बिरामी पौडेल दुबई ट्रान्जिटमा रहँदा अधिक औषधि सेवन गरेका कारण बेहोस भएपश्चात अचानक अस्पताल भर्ना गरिएको पत्ता लागेको छ ।

एनआरएनका उपाध्यक्ष श्रेष्ठलाई बुधबार माघ २० गते चिकित्सकबाट प्राप्त जानकारीअनुसार पौडेलको अवस्था सुधारोन्मुख छ ।

तर, पूर्णरुपमा स्वस्थ नभई डिस्चार्ज नगर्ने यूएईको स्वास्थ्य नीतिका कारण अझै दुई सातासम्म अस्पतालमै रहनुपर्नेछ । बिरामीलाई स्याहारसुसारका लागि परिवारका सदस्य अथवा आफन्तलाई अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको चिकित्सकलाई उद्धृत गर्दै श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment