Comments Add Comment

हाते पम्पको पानीले नुहाउँदा कपाल खुइलिएपछि पूरै परिवार बन्यो मुडुलो

पानीले नुहाउँदा त जिउमा भएको मैला पूरै पखालिएर जिउ सफा बन्नुपर्ने हो । तर यदि जिउको मैलासँगै टाउकाको कपाल पनि खुइलिएर गयो भने के होला ? उमालेको तातो पानी खन्याउने हो भने त कपाल खुइलिएला पनि तर चिसो पानीले कपाल खुइल्याएको भनिएको अहिलेसम्म कतै सुनिएको थिएन । अहिलेसम्मै नसुनिएको तथा नदेखिएको यो अनौठो घटना भारतमा भएको छ ।

भारतको बिहारस्थित मधुवनी जिल्लाको लदनियामा पर्ने नाथापट्टी गाउँमा हातेपम्पबाट निकालिएको पानीले नुहाउँदा एउटा पूरै परिवारको कपाल खुइलिएर मुडुलो भएको छ । हातेपम्पको पानीले कपाल मुडुलो भएको घटनापछि जिल्ला प्रशासनले उक्त चापाकल सिल गरिदिएको छ ।

talu khuileनाथापट्टीका मोहम्मद हासिमले आफ्नो घरबाहिर रहेको एउटा चापाकलबाट पानी निकालेर गत शनिवार नुहाएका थिए । उनीसँगै उनको परिवारका अन्य तिनजना सदस्यले पनि सोही कलबाट पानी निकालेर नुहाए । तर नुहाएसँगै उनीहरुको कपाल र्झन थाल्यो र बेलुकी हुँदासम्म सबै कपाल झरेर मुडुलो बन्यो ।

मुडुलो हुनेमा हासिमसँगै उनकी पत्नी जयमून खातून, छोरी अफसाना खातुन र छोरा मोहम्मद हफिजुल रहेका छन् । नुहाएपछि सबै कपाल एकैठाउँमा टाँसिएको र छुँदाबित्तिकै झरेको उनीहरुले बताएका छन् ।

सरकारी अधिकारी तथा डाक्टरहरु उक्त गाउँमा पुगेर हासिमका परिवारसँग घटनाबारे सोधपुछ गरेका छन् । उनीहरुको कपाल झर्नुको कारण अहिलेसम्म पत्ता लागेको छैन । उक्त ह्याण्डपम्प सिल गरिएको छ ।

पानीको नमूना परीक्षणका लागि लगिएको छ । चापाकलको पानीले नुहाउँदा परिवार नै मुडुलो बनेपनि उक्त गाउँका मानिसहरु चापाकलको पानी प्रयोग गर्न डराउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment