Comments Add Comment

दक्षिण माथि उत्तर कोरियाको आक्रमण: दिसा पुछेका ट्वाइलेट पेपर बेलुनद्धारा खसालियो

uth-Korea-balloons_3565144b

आफ्नो छिमेकी मुलुकविरुद्ध कुनै देश कतिसम्म निम्न स्तरको हरकतमा उत्रिन्छन् भन्ने कुरा उत्तर कोरियाले प्रदर्शन गरेको छ । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियाको विरुद्ध प्रोपोगान्डा युद्धलाई अघि बढाउन नयाँ तरिका प्रयोग गरेको छ ।

उत्तर कोरियाले बेलुनको प्रयोग गरी दिसा पुछिसकेका तथा प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा दक्षिण कोरियामा खसालिदिएको छ ।

उत्तर कोरियाको यो कदमबाट दक्षिण कोरिया आक्रोसित भएको छ । बेलुनमा भरिएका सामानहरु हेर्दा सुरुमा त दक्षिण कोरियाली अधिकारीहरु तर्सिए । कतै उत्तर कोरियाले बेलुनमार्फत जैविक रासायनिक आक्रमण त गरेन ? भन्ने आशंका गरियो । तर पछि ती सामान प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा भएको प्रमाणित भयो ।

वास्तवमा यो प्रोपोगाण्डाको सुरुवात दक्षिण कोरियाले नै सुरु गरेको थियो । वर्षको सुरुमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको घटना लगत्तै दक्षिण कोरियाले केही बेलुनहरु उडाएर उत्तर कोरियातर्फ पठाएको थियो, जिस्काउने शैलीमा । त्यसको जवाफ दिँदै उत्तर कोरिलाले घिनलाग्दा सामान भरिएको बेलुन दक्षिण कोरियाको गैरसैनिक इलाकामा पठाएको हो ।

उत्तर कोरियाले छाडेका बेलुनमा एक टाइमर पनि सेट गरिएको छ । दक्षिण कोरियाली इलाकामा छिरेसँगै उक्त बेलुनमा सानो विस्फोट गराइन्छ । त्यस लगत्तै बेलुनभित्रका सामानहरु यत्रतत्र फैलिन्छन् । जब ती सामान भुइँमा र्झछन् तब पो थाहा हुन्छ, ती त प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुँटा पो रहेछन् ।

उत्तर कोरियाले कुनैपनि बेला यस्तै बेलुनको प्रयोग गरी जैविक रासायानिक हमला गर्नसक्ने सम्भावना रहेको तर अहिलेसम्म बेलुनमार्फत पठाएका चिजहरु कुनै खतरनाक चिज नभै फोहोरमैला मात्र रहेको दक्षिण कोरियाली अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment