Comments Add Comment

प्रवासी नेपाली मञ्चको मुखपत्र ‘स्पेन सन्देश’ प्रकाशित

Spain-Sandesh

बार्सिलोना । प्रवासी नेपाली मञ्च स्पेनको मुखपत्र ‘स्पेन सन्देश’को एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ । स्पेनबाट हरेक बर्ष प्रकाशित गर्दै आएको मञ्चले यस पटक गरि सातौ पटक प्रकाशित गरेको हो ।

गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रका संयोजक कुल आचार्यको प्रमुख आतिथ्यतामा भएको बिमोचन कार्यक्रममा स्पेन स्थित बिभिन्न संघ-सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

महासचिव लक्ष्मण शर्माको संयोजनमा प्रकाशित मुखपत्रमा नेकपा एमालेका केन्द्रीय नेताहरु, मञ्चका पदाधिकारीलगायत सर्बसाधारणहरुको लेख रचना तथा बिचारहरु समाबेश छ। बिमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी अंकहरु प्रकाशित गर्दा स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई समाबेश गरेर प्रकाशित गर्न सकेमा अझ लोकप्रिय बन्न सक्ने सुझाव दिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङ, एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसी लगायत स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा बुधबार बार्सिलोनामा सम्पन्न कार्यक्रमको संचालन सचिव हेमप्रसाद पाण्डेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment