Comments Add Comment

अष्ट्रेलियामा ‘भाग् सानी भाग्’को प्रिमियर

Keki Adhikari and Sabin Shresth, Bhag Sani Bhagचलचित्र ‘भाग् सानी भाग्’ को अस्ट्रेलियामा भब्य प्रिमियर समपन्न भएकोे छ ।  नेपालमा चैत्र ५ गते प्रर्दशनमा आउने यो चलचित्रलाई अष्ट्रेलियाको डार्बिन शहरमा भब्य रेड कार्पेट सहित प्रिमियर गरिएको हो ।  प्रिमियरपछि  अष्ट्रेलियाको पर्थ शहरमा जनवरी ३१ मा अर्को शो समपन्न गरीएको निर्माता बिष्णु चापागाँईले जानकारी दिएका छन् ।

प्रिमियर शो सँगै भएका शो हरुमा दर्शकहरुको बाक्लो उपस्थिती थियो । चलचित्रको अस्ट्रेलियाको क्यानबेरामा फ्रेवुअरी ५ मा, सिड्नीमा फ्रेबुअरी ६ र ७ मा, मेलबर्नमा फ्रेबुअरी १३ र १४ मा, एडिलेड शहरमा १९ र ब्रिसबेनमा २१ तारिखमा चलचित्र प्रदर्शन गरिनेछ । चलचित्रमा सानीको भुमिकामा अभिनय गरेकी नायिका केकी अधिकारी र देब को भुमिकामा अभिनय गरेका नायक सबिन श्रेष्ठको अभिनयलाई दर्शकहरुले मन पराएको निर्माताको भनाई छ ।

नेपाली चलचित्रको बिश्वबजारीकरणलाई बिस्तार गर्ने उद्देश्यले चलचित्र ‘भाग् सानी भाग्’लाई अष्ट्रेलियाबाट प्रिमियर गरेको गैर आबासिय नेपाली संघ एन आर एन एबं चलचित्रका निर्माता चापागाँईले बताएका छन । चलचित्र हेरेर अस्ट्रेलियाका दर्शकहरुले कथासँगै गीतसंगीतको पनि तारिफ गरेको निर्माताको दाबी छ ।
bhag-sani-bhag-premierनबल नेपालको निर्देशनमा बनेको यो चलचित्रलाई चापागाँइसँगै संगीतकार चेतन सापकोटा, बेल्जियम निबासी सहदेब गौतम र अमेरिका निबासी बिलोन पोख्रेलले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment