Comments Add Comment

बोस्टनमा ३४ औं “सिर्जना उत्सव” सम्पन्न

America-Sahitya

बोस्टन । अमेरिकाको बोस्टनमा हरेक महिना आयोजना  हुदै  आएको  साहित्यिक  कार्यक्रम “सिर्जना उत्सव” को ३४ औ शृंखला सम्पन्न  भएको छ ।

यसपटकको कार्यक्रममा डेढ दर्जन सर्जकले आˆना सिर्जना प्रस्तुत गरेका थिए । साहित्यकार महेश्वर पन्तको संयोजन र शारदा  पन्तको प्रयोजनमा आयोजित उक्त कार्यक्रममा कविता वाचन तथा नाचगान  प्रस्तुत  गरिएको थियो ।

गीतकार डा. कृष्णहरि बरालको चर्चित “जे जे हुने हो यहाँ …” बोलको गजल गाएर महेश्वर पन्तले कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा अनु शाह, गोवर्धन पूजा, डा. शिव गौतम, ममता कर्माचार्य, दीपा राई पुन, बिमल नेपाल, धन लेप्चा, दिनेश राजभण्डारी लगायतले आˆना सिर्जना प्रस्तुत गरेका थिए ।

त्यस्तै एल बि एर, थानी रत्न कंडेल, पेशल रेग्मी, हरि थापा , सुशील नेपाल, जयराम रेग्मी, महेश्वर पन्त, सागर कान्छा, उर्मिला पन्त  लगायका सर्जकको रचना कार्यक्रममा प्रस्तुत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment