Comments Add Comment

सुन्तलीको मोडलिङ हिट भएपछि थपलियाको ‘सारांश २’ सार्वजनिक

saransha
दिनेश थपलियाको गीति एल्बम ‘सारांश २’ सार्वजनिक भएको छ । गीति संग्रहमा बसन्त सापकोटाको एकल संगीत र गीतकार थपलियाको एकल शब्द छन् । थपलिया हाल सूचना तथा सञ्चार सचिवको रुपमा कार्यरत छन् ।

सात वटा गीत समावेश भएको गीति संग्रहमा अहिलेका चर्चित गायक-गायिका अन्जु पन्त, स्वरुपराज आचार्य, सत्यराज आचार्य, राजेशपायल राई, इन्दिरा जोशी, प्रमोद खरेल, सरोज ओली र माधव कार्कीको स्वर छ ।

गीति संग्रहमा समावेश एउटा गीतको म्युजीक भिडियो पनि सार्वजनीक भएको छ । केहि दिन अगाडि सार्वजनीक भएको ‘आई लभ यू’ बोलको गीतलाई युट्युबमा करिब २ लाख पटक हेरिएको छ । गीतमा कुञ्जना घिमिरे (सुन्तली), सिताराम कट्टेल (धुर्मुस) र पल शाह देखिएका छन् । यो रोमान्टीक गीतमा कुञ्जनाले धेरै पछि आफ्नो नृत्य कला दर्शकलाई देखाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment