Comments Add Comment

क्यान इन्फोटेक सकियो, साढे तीन लाख भन्दा बढीले अवलोकन गरे

can-infotech-2016
२१ माघ, काठमाडौं । काडमाडौंमा भएको क्यान इन्फोटेक मेला बुधबार सकिएको छ । राजधानीको भृकुटिमण्डमा भएको इन्फोटेकको ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका छन् ।

प्रदर्शनीको अन्तिम दिनमात्र ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेको आयोजक क्यानले जनाएको छ ।

प्रर्दशनीमार्फत नेपालमा थुप्रै नयाँ-नयाँ प्रविधिहरु भित्रिएका छन् । प्रदर्शनीमा पि्रन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु मेलामा बढी रूचाइए ।

यस्तै स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइ जडित बिशेष क्यामेरा, ड्रोन्स र रेकर्डरहरु, पावर बैंक, स्मार्ट वाच, इको बिजुली बल्ब, सेल्फी स्टिक लगायतका स्टलहरु पनि आकर्षणको केन्द्र बन्यो ।

बुलगार्डको ईन्टरनेट सेक्युरिटी, एण्टिभाइरस तथा मोबाइल सेक्युरिटी, स्वस्तिक डिष्ट्रिब्युटसको विभिन्न फिचरजडित सीसीटिभीहरु तथा आइपी वेश डोर एक्सिस कन्ट्रोल सिष्टमले अवलोकनकर्ताको ध्यान तान्यो । इन्फोटेकमा सहभागी कम्पनीहरुले ल्याएको छुट तथा अफरले अवलोकनकर्ताहरुलाई आकषिर्त गरेको थियो ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्टि्रव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ ईन्स्िटच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment