Comments Add Comment

केन्द्रीय तहमा प्रतिनिधित्व गराइनु पर्ने यूरोपका काँग्रेसीहरुको माग

congress-europe

पोर्चुगल । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय तहमा प्रतिनिधित्व गराइनु पर्ने माग यूरोपका कांग्रेसीहरुले गरेका छन् ।

पार्टीको केन्द्रीय सदस्य नभए पनि आमन्त्रित सदस्य बनाएर यूरोपका प्रतिनिधिलाई प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने मंगलबार पोर्चुगलको लिस्बनमा आयोजित एक कार्यक्रममा युरोपमा रहेका काँग्रेसीहरुले माग गरे ।

कार्यक्रममा बोल्दै यूरोप काँग्रेसका कार्यबाहक अध्यक्ष पूर्ण हमालले मुलुक बाहिर रहेका काग्रेसीहरुको योगदान पार्टीका लागि महत्वपुर्ण रहदै आएको बताए । ‘हाम्रो योगदानलाई पार्टीले बिर्सनु हुदैन, त्यसैले सम्मानजनक उपस्थितिको आशा गरेका छौ’ हमालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment