Comments Add Comment

हिन्दू धर्मावलम्बी सबैभन्दा खुसी: अध्ययन

Teej 2070 (8)
२१ माघ, एजेन्सी । बेलायतमा गरिएको एक अध्ययनले त्यहाँका हिन्दू धर्मावलम्बी अरुभन्दा हाँसीखुसी रहने गरेको देखाएको छ । सोही अध्ययनले धार्मिक आस्था भएकाभन्दा नभएका कम खुसी हुने पनि देखाएको छ ।

बेलायतको राष्ट्रिय तथ्यांक केन्द्रले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो औंल्याएको हो । हिन्दूपछि खुसी रहनेहरूमा क्रमशः क्रिस्चियन, सिख र बुद्धमार्गी रहेका छन् । यी धर्मावलम्बीको स्कोर औसत व्यक्तिको ७.३८ स्कोरभन्दा माथि छ । औसतमा हिन्दूले १० मा ७.५७ स्कोर हासिल गरेका छन् भने क्रिस्चियनले ७.४७, सिख ७.४५ र बुद्धमार्गीले ७.४१ स्कोर प्राप्त गरेका छन् ।

सूचीकृत धर्मावलम्बीमध्ये सबैभन्दा बेखुसी रहनेहरू मुस्लिम ठहरिएका छन् । उनीहरूको स्कोर १० मा ७.३३ रहेको छ । अन्य धर्मावलम्बी झनै बेखुसी पाइएको छ । उनीहरूको औसत स्कोर ७.२२ मात्र छ ।

Religious-people

तथ्यांक केन्द्रले बेलायतका तीन लाखभन्दा बढी युवामा सर्वेक्षण गरेको थियो । तीन वर्ष लगाएर गरिएको सर्वेक्षण सन् २०१२ मा सुरु भएको हो । यसमा खुसीका विभिन्न स्रोतको विश्लेषण गरिएको छ । नतिजालाई मानिसको उमेरका आधारमा पनि केलाइएको छ ।

उमेरका आधारमा हेर्दा ६५ देखि ७९ वर्षका वृद्धवृद्धामा खुसीको सबैभन्दा उच्च तह भेटिएको केन्द्रले जनाएको छ । यसैगरी ४५ देखि ५९ वर्षका व्यक्ति सबैभन्दा बेखुसी रहने गरेको अध्ययनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment