Comments Add Comment

नेपाल टेलिकमको राजधानीमा प्रभातफेरी

NTC

२१ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्नो बाह्रौं वाषिर्कोत्सवको अवसरमा कम्पनीका सेवाहरुको प्रचारप्रसार तथा व्यापार प्रबर्द्धन गर्ने उद्देश्यले बिहीबार प्रभातफेरी आयोजना गर्‍यो ।

काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट शुरु भई न्यूरोड, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सम्पूर्ण टेलिकमकर्मीहरुमा भएको उत्साहलाई ग्राहक सेवामा समेत प्रयोग गर्न सकियोस् भन्ने कामना गरे ।

प्रभातफेरी कार्यक्रममा कम्पनीका नायव प्रबन्ध निर्देशकहरु, प्रबन्धकहरु, वरिष्ठ अधिकृतहरुलगायत काठमाडौ उपत्यकास्थित कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रभातफेरीका अवसरमा नेपाल टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, नेपाल टेलिकम राष्ट्रको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता, टेलिकमको सेवा राष्ट्र निर्माणमा टेवा, दूरसञ्चार संरचनाको संरक्षणमा सहयोग गरौं, नेपाल टेलिकमका सेवाहरु प्रयोग गरौं जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

बाह्रौं वाषिर्कोत्सवकै अवसरमा आजै कम्पनीका रिचार्ज कार्ड र सिम/रिम कार्ड तथा एमपीओएस लगायतका विभिन्न सेवाका थोक बिक्रेताहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment