Comments Add Comment

नेपाली जनसम्पर्क समितिको आयोजनामा डेनमार्कमा ब्याडमिन्टन प्रतियोगिता

batminton

डेनमार्क  । जनसम्पर्क समिति डेनमार्कले खेलकुद कार्यक्रम अन्तर्गत खुल्ला ब्याडमिन्टन प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रतियोगिता एकल रुपमा महिला तथा पुरुष दुवै तर्फ को हुने जनसम्पर्क समितिले जनाएको छ ।

यही २० फेब्रुअरी २०१६ का दिन डेनमार्क मा क्रियासिल संघ संस्था एवम नेपाली समुदायबीच रहेको भाईचाराको सम्बन्धलाई अझै मजबुत र प्रगाढ बनाइ राख्ने उदेश्य ले “प्लेइङ्ग फर चिल्ड्रेन ” मूल नाराका साथ “प्रथम ज.स.स. ब्याडमिन्टन प्रतियोगिता” को आयोजना गर्न गैरहेको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य  (नवीन) ले बताए ।

उक्त प्रतियोगीता इन्डोर रहने जनसम्पर्क समितिका उपाध्यक्ष दिपक राज रिजालले बताएका छन् । सबै खेलहरु नारेब्रोको इन्डोर हलमा हुने पनि उनले बताए ।

कार्यक्रम सफल पार्न जनसम्पर्क समितिले सबैमा आव्हान गरेको छ । जनसम्पर्क समितिका महामन्त्री बुद्धि प्रसाद सापकोटाले बताए अनुसार कार्यक्रमको खर्चबाट बचत रकमले डेनमार्क स्थित नेपाली बालबालिका हरुको खेल विकासका लागि खर्च गरिने छ ।

डेनमार्कको नेपाली समुदायमा खेलकुद सम्बन्धी कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कले निकै सक्रिय भूमिका निर्वाह गर्दै आएको छ र जनसम्पर्क समितिले हरेक वर्ष ‘जनसम्पर्क कप’ फुटबल प्रतियोगीता गर्दै आएको छ ।

तथा खेलाडी साथीहरु दर्ताका लागि यथाशक्य निम्नानुसार व्यक्ति लाई सम्पर्क गर्नको लागि जनसम्पर्क समितिले एक सुचना मार्फत आव्हान गरेको छ । साथै अन्य नयाँ जानकारी जनसम्पर्क समितिको वेव साइट र फेसबुकको इभेन्ट पेजमा राखिने जनसम्पर्क समितिले  बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment